लायन्स डिष्ट्रिक्ट ३२५ बी १ को दोस्रो क्याविनेट बैठक सम्पन्न

पोखरा, १४ मंसिर-

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याविनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । डिष्ट्रिक अन्तरगतको कार्यसम्पादनको मुल्याङकन र आगामी दिन डिष्ट्रिक अन्तरगरका बिभिन्न निकाय र क्लवहरुले समाजसेवाकालागि गनुपर्ने सामाजिक कार्यहरुको बारेमा बैठकमा समिक्षा भएको थियो ।

क्याविनेट बैठकमा देशको असहज परिस्थितिका साथै डिष्ट्रिक्टले ५ महिनाको सपयावधिमा समाज सेवाकालागि गरेको गतिविधिहरुको समीक्षा र भावी रणनीतिमाबारे लायन्सका बिभिन्न पदाधिकारी बीच छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले बैशाख १२ को महाभूकम्पले तहसनहस भएको मुलुकमा थप भारतीय नाकाबन्दीका कारण आक्रान्त बनेको अवस्थामा बिश्वको सवैभन्दा ठूलो सामाजिक संस्था लायन्सले आफ्नो गहन जिम्मेवारी निर्वाह गरेको भन्दै प्रशंसा गरे । देशको विकास र संवृद्धिमा लायन्सले अघि सारेका समाजसेवाका कार्यहरु अतिनै प्रशंसनीय रहेको बताउदै लायन्सहरुले समाज सेवाकोलागि मन,बचन र कर्मले कार्य गरेको बताए । ‘लायन्सहरुको जत्तिकै सबैको मन र लगाब हुने हो भने संवृद्ध मुलुकको सपना साकार पार्न गाह्रो छैन’ उनले भने । ‘हामि सवै मिलेर हातेमालो गरेर समृद्ध नेपालको निर्माणमा लाग्नु पर्छ’ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. युवराज खतिवडाले मुलुकको यस्तो विषम परिस्थितिमा लायन्सले महत्वपूर्ण साथ दिएको भन्दै लायन्सको यो गुनलाई राज्यले भुल्न नहुनेमा जोड दिए । मुलुकलाई ठूलो संकट एवं समस्या पर्दा सबैभन्दा पहिले लायन्सले आफ्नो क्रियाकलाप संचालन गरेको स्पष्ट पार्दै खतिवडाले लायन्सले संचालन गरेको मानवीय सेवा एवं सामाजिक गतिविधि बारे खुलेर प्रशंसा गरे ।

डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले इन्धन अभाव तथा विभिन्न असहज परिस्थितिका वाबजुद पनि डिष्ट्रिक्टलाई साथ दिएर बैठकमा उपस्थित भएकोमा खुशी व्यक्त गर्दै सबैमा धन्यवाद ज्ञापन गरेका थिए । उनले देशको विकराल अवस्थामा पनि लायन्स क्लवहरु आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताउदै आगामी दिनमा जतिसुकै संकट आएपनि लायन्सहरुले संगठितरुमका डटेर सामना गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रथम भाइस गभर्नर बालकृष्ण बुर्लाकोटी, द्वित्तीय भाइस गभर्नर धनराज आचार्यले देशको परिस्थितिका बाबजूद डिष्ट्रिक्टले महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताए । त्यस अवसरमा सेक्रेटरी विश्वेश्वर आचार्य, कोषाध्यक्ष प्रजापति बाँस्तोलाले ५ महिनामा सम्पन्न भएका कार्यक्रम र भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा क्लव र डिष्ट्रिकका बिभिन्न पदाधिकारिहरुलाई समाज सेवाका कार्यहरुमा उत्कृष्ट कार्य गरेकोमा ६० जना पदाधिकारीलाई विभिन्न अर्वाड द्धारा सम्मानित गरिएको थियो । बैठकमा डिष्ट्रिकका पदाधिकारी रिजन र जोनका चियरपर्सनहरुले आ–आना प्रतिवेदन प्रस्तुत गरि भावी कार्यनितिका वारेमा क्याविनेट पदाधिकारीलाई जानकारी गराएका थिए ।

कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि मल्टिपल काउन्सिल चियर पर्सन रमेश कुमार अग्रवालले लायन्सले भूकम्पमा परेर घरवार बिहिन हरुकोलागि १ हजार घर बनाउने योजना सरकारले प्राधिकरण निर्माणमा गरेको ढिलाइ गरेका कारण ढिलो भएको बताउदै अब छिट्टै उक्त योजनालाई अघि बढाइने जानकारी दिए । उनले सरकारले यथासक्य छिटो कार्ययोजना अगाडी बढाई बढाए ४/५ महिनामै बस्ती निर्माणको कार्य सम्पन्न गर्ने बताए ।

कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक्ट ए १ का भगर्नर सुनिल भक्त श्रेष्ठ, ए २ का गभर्नर रुद्रहरि ज्ञवाली, पूर्व मल्टिपल चियर पर्सन राजन लम्साल, डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गभर्नरद्वय योगेन्द्र प्रधान, युक्त प्रसाद श्रेष्ठका साथै डिष्ट्रिक्टका वर्तमान प्रथम भाइस गभर्नर बालकृष्ण बुर्लाकोटी र द्वितीय भाइस गभर्नर धनराज आचार्य लगायतले लायन्स गतिविधिमाथि प्रकाश पारेका थिए ।

काठमाडौंका ३ क्लव सेन्ट्रल टाउन, गोल्डेन टाउन र स्वयम्भू टाउनलेको ब्यवस्थापनमा सम्पन सो बैठकमा डिष्ट्रिकका करिव २ हजार लायन सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button