पोखरा सहित कास्कीमा भोलि मंगलबार डिजेल वितरण हुने

पोखरा १४, मंसीर-

पोखरा सहित कास्कीमा भोलि मंगलबार डिजेल वितरण हुने भएको छ । कास्की क्षेत्रका  २७ वटा पम्पबाट १ लाख ११  हजार लिटर डिजेल वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको वैठकले सो  निर्णय गरेको  जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।

यो पटक जिल्ला प्रशासन कार्यालय कास्कीले  डिजेल वितरण को सम्बन्धमा विभिन्न निर्णयहरु  गर्दै शैक्षिक प्रतिष्ठानहरुको लागि, पयर्टक सवारीको लागि, औधोगिक क्षेत्रको उत्पादन बजारसम्म ल्याउने साना सवारीको लागि र अन्य सवारीसाधनको लागि पम्पहरुको नामावली र वितरण गरिने परिमाण को मात्र निम्न अनुसार छुट्याइएको छ ।

निर्णय नं. १- मिति २०७२।८।१५ गते कास्की जिल्लाको निम्न पम्पहरुबाट १११ के.एल. डिजेल निम्नानुसार वितरण गर्ने:

diasel distributionpokhara kaski

निर्णय नं. २-

उल्लेखित पम्पहरु मध्ये श्रीओम पे. टेडर्स चाउथे–३ के.एल., श्री अन्नपूर्ण आयल–४ के.एल., ऋषि एण्ड वदर्श साझा–४ के.एल. समेत जम्मा ११ के.एल. डिजेल जिल्लाका शैक्षिक प्रतिष्ठानहरुको लागि मात्र छुट्टयाइएको छ  । सो को वितरण प्याब्सन कास्कीको सिफारिसमा गरिने छ  ।

निर्णय नं. ३-

बराल आयल स्टोर्स पोखरा–४ के.एल. डिजेल मध्ये २ के.एल. नाटाको सिफारिसमा पयर्टक सवारीलाई मात्र वितरण गरिने  र १ के.एल. जिल्लाका आंगिक क्याम्पस समेतको लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा वितरण गरिने त्यसैगरी बाकी १ के.एल. डिजेल निर्णय नं. ५ बमोजिम वितरण गरिने छ  ।

निर्णय नं. ४-

इन्द्रज्योती आयल स्टोर्स लेखनाथ–६ के.एल., पश्चिमाञ्चल ट्रेडर्स लेखनाथ–६के.एल., सागर आयल स्टोर्स–४ के.एल. र रानीपौवा आयल स्टोर्स–६ के.एल. गरी जम्मा २२ के.एल. डिजेल मध्ये २० के.एल. कास्की जिल्लाका यातायात व्यवसायीहरुको सिफारिसमा, ०.५ के.एल. औधोगिक क्षेत्रको उत्पादन बजारसम्म ल्याउने साना सवारीको लागि र बाकी १.५ के.एल. डिजेल निर्णय नं. ५ बमोजिम वितरण गरिने छ  ।

निर्णय नं. ५-

निर्णय नं.२, ३ र ४ मा उल्लेखित यस वुँदा बमोजिम हुने भनी तोकेको परिमाणको वितरण गर्ने र सो बाहेकका अन्य पम्पहरुले लाइनमा वसेका निम्न सवारीहरुलाई मात्र निम्नानुसारको परिमाणमा डिजेल उपलब्ध गराउने ।

१. ठूलो बस÷ट्रक– रु.८०००।– बराबरको
२. मिनी बस÷ट्रक– रु.३०००।– बराबरको
३. हायस माइक्रो – रु.३०००।– बराबरको
४. सानो माल ढुवानी मिनी ट्रक– रु.२५००।– बराबरको
५. खाद्यान्न ढुवानीका साना साधनहरु– रु.२०००।– बराबरको
६. ठूला टेक्टरहरु – रु.१५००।– बराबरको
७. साना टेक्टरहरु – रु.५००।– बराबरको
८. अन्य विविध साधनहरु– रु.१०००।– बराबरको

निर्णय नं. ६.

डिजेल वितरण गर्दा गाडी नं. र बुझ्ने व्यक्तिको नाम, नम्वर तथा परिमाण सहितको अभिलेख राखी अनुगमनमा खटिने कर्मचारीलाई पनि देखाउनु पर्ने  र वितरण पश्चात सोको अभिलेख जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गर्नुपर्ने छ ।

निर्णय नं. ७.

कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्दै वितरण प्रकृयालाई वितरण प्रकृयालाई  प्रभावकारी बनाउनको लागि भन्दै ५|५सदस्यीय समिति गठन गरीने भएको  छ  । उत्त समितिमा लेखनाथ पारी र  पोखरा क्षेत्रमा निम्न प्रतिनिधि रहनेछन :

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

डिजेल वितरण गर्ने गराउने शिलशिलामा अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button