शुल्क नतिरे पछि प्याराग्लाईडीङ उडान भर्न रोकियो

पोखरा, २७ मंसीर –
पर्यटकीय नगरी पोखरामा आईतबार देखि साहासिक खेल प्याराग्लाईडीङ केहि दिनको लागि अबरोध हुने भएको छ । प्याराग्लाईडीङ पार्ईलटहरुले उडान शुल्क नतिरे पछि पोखरा नागरीक उड्डयन कार्यालयले उडान भर्न अबरोध गरेका कारणले शुल्क तिरेका पाईलटहरु पनि आन्दोलनमा उर्तिएको हुदा पोखराको प्याराग्लाईडीङ केहि दिनको लागि अन्यौलमा परेको हवाई खेलकुद संस्था नाले जनाएको छ ।

पोखराको पर्यटनको मुख्य आकर्षको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाईडीङ नहुने पोखराको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने भएको पर्यटन व्यावसायीहरुले गुनासो गरेका छन । पोखरामा करीब एक सय ७ जना नेपाली प्याराग्लाईडीङका पाईलटहरु भए पनि ५० प्रतिशत जसोले उडान शुल्क नतिरेको कारणले गर्दा उनीहरुलाई नियम विपरित कुनै पनि उडान गर्न नदिने पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले बताए । पोखरा नागरीक उड्डयन कार्यालयले आफुना केहि पाईलटहरुलाई उडान भर्न नदिएको भन्दै शुल्क तिर्दै आएका केहि पाईलटहरुले पनि आफु खुसि उडान नभरेका कारणले गर्दा प्याराग्लाईडीङ गर्न सराङकोट पुगेका आन्तरीक तथा बाह्यि पर्यटकहरु निरास हुदै फर्किएका थिए ।

आफुहरुले अन्य लाईसेन्स सरह उडान लाईसेन्स शुल्क तिर्नको लागि माग गर्दै आउदा नागरिक उड्डयन प्राधिकरण कार्यालयले आफुहरुको माग समेत सुनुवाई नगरी पाईलटहरुलाई अबरोध गर्नु पर्यटन क्षेत्रमा ठुलो असर परेको हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित वानियाले बताए । उनका भने “ नेपाली पाईलटहरुले १५ दिनमा ४ हजार र त्यसमा भ्याट तिर्दै आएकोले सो शुल्क महङगो भएको तथा बार्षिक रुपमा र नविकरण गर्दा शुल्क लिने व्यावस्था गर्न माग गर्दै आउदा एकाएक उडानमा अबरोध गर्नु पोखराको पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पार्नु हो । ” अन्य लाईसेन्स सरह प्याराग्लाईडीङको उडान शुल्कः सरकारले तोकेको खण्डमा आफुहरुले जरिवाना सहित सरकारलाई राजश्व तिर्न तयार भएको समेत उपाध्यक्ष वानियाले बताए ।

क्यानका कर्मचारीले उडानका लागि सराङकोट पुगेका केहि पाइलटहरुलाई आइृतबार फर्काए पछि अन्य पाईलट पनि उडान नभरी पोखरा फर्किदा करीब एक सय पर्यटकहरु निरास हुदै फर्किएको एक पाईलट अनिल केसीले बताए । उनले भने “हाम्रो माग भनेको अन्य लाईसेन्स सरह एक बर्षमा उडान शुल्क तिर्ने व्यवस्था हुनु पर्दछ, हामीले एक हप्तामा एक पटक फ्लाईट गर्न पाउछौं अनि सरकारले तोकेको उडान शुल्क कसरी तिर्न सक्छौं । ” उनका अनुसार केहि दिनको लागि पोखराको प्याराग्लाईडीङ अन्यौल हुने भएको छ ।

प्याराग्लाइडिङका पाइलटहरुले शुल्क महंगो भएको भन्दै लाईसेन्स प्राप्त गरेसंगै गुनासो गर्दै आएका थिए । नाका पदाधिकारीहरुले उडान शुल्क समायोजन गर्नु पर्ने क्यान केन्द्रमा माग राख्दै आए पनि अर्काे बैठकमा समायोजनको बारेमा छलफल हुने आश्वासन आएकोले तत्काल आफुहरुले उडान शुल्क नतिर्ने निणर्य गरेको पाईलट केसीले जनाए । नेपाली पाईलटहरुको टोलीले अब देखि आफुहरुले उडान भर्दा नयाँ व्यवस्था नभए सम्म शुल्क नतिर्ने समेत पोखरा नागरीक उड्डयन कार्यालयलमा जानकारी गराएको उनले जनाए । क्यानले उडान शुल्क लिन हतार गर्ने तर प्याराग्लाईडीङहरुको अनुगमन समेत नगरेको नाका उपाध्यक्ष वानियाले गुनासो गरे ।

हाल पोखरामा ४५ वटा प्याराग्लाइएडीङ कम्पनीहरु दर्ता भएका छन । पोखरामा हाल १ सय २० जना जसो टेण्डम (व्यावसायीक) प्याराग्लाईडीङ पाईलट रहेका छन भने १ सय ५० जना सोलो (सिकारु) पाईलटहरु रहेको महासचिव वसन्तराज दवाडीले बताए

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button