निमार्णाधिन क्षेत्रीय विमानस्थल निर्माण प्रकृया अघि बढाउन एक टोली पोखरामा

पोखरा, ०९ पौष –

पर्यटकीय नगरी पोखरामा निमार्णाधिन अबस्थामा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथको निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन एक टोली पोखरा आएको छ ।

उक्त विमानस्थलको निमार्ण कार्य ढिलाइ भएकोमा दु्रत गसतमा अघि बढाउने उद्धेश्यले व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको एक टोली विहिबार पोखरा आएको हो । सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नियमन निकायको रुपमा रहेको उक्त समितिले राष्ट्रिय गौरव परियोजनाको अध्ययन, अवलोकनको गरी समितिले विहिबार नै पोखराका पर्यटन व्यवसायी, पर्यटन कार्यालय, नागरिक उडड्यन कार्यालयका प्रतिनिधिसँग पर्यटनको बारेमा छलफल गरेको छ ।

समितिका सभापति प्रभु साहसहितको १४ सदस्यीय टोलिले शुक्रबार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको कार्य प्रगतिको बारेमा स्थलगत निरीक्षण गर्ने समितिका सदस्य चुडामणि जंगलीले बताए ।
छलफलमा बोल्दै समितिका सभापति प्रभु साहले राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम के भइरहेको छ ?, के कारणले काम अगाडि नबढेको हो त्यसबारेमा जानकारी लिनका लागि स्थलगत अध्ययनको लागि पोखरा आएको बताउनुभयो ।पोखरा विना नेपाल पुर्ण नहुने भन्दै साहले पर्यटनको समस्या के छ ?, पर्यटनको विकासको लागि एकिकृत योजना बनाउन, यहाँका सरोकार वाला निकायको राय सुझाव लिनका छलफलको आयोजना गरिएको बताए । नेपालको समृद्धिसँग जोडिएको पर्यटनको समस्यालाई सामुहिक ढंगबाट हल गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना निर्देशक प्रदीप अधिकारीले नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएपछि काम सुरु हुने जनाए । स्थानीय स्तरमा केही समस्या नरहेको, विमानस्थललाई आवश्यक पर्ने थप ६ सय २९ रोपनी जग्गा अधिग्रहरण गरिसकिएको र अहिले सम्म १ अर्व ५० करोड मुआब्जा वितरण गरिएको उनले जानकारी दिए ।

चिनको सिएएमसीइसँग विमानस्थल निर्माणको लागि सन २०१४ मे २२ मा सम्झौता भएको थियो । उक्त कम्पनीले इपीसी मोडलमा २ सय १५ दशमलव नौछपाँच मिलियन अमेरिकी डलरमा विमानस्थल निर्माण गर्ने गरी सम्झौता गरेको उनले बताए । पोखराको छिनेडाँडामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ४० वर्ष अघि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन ।

पोखरा विमानस्थलका प्रमुख दिपक बरालले पोखरा विमानस्थलको बारेमा जानकारी दिदै वैशाखको भुकम्पपछि हवाई मार्गबाट पोखरा आउने पर्यटकको संख्यामा भारी गिरावट आएको गुनासो गरे । उनका अनुसार अघिल्लो वर्षको तुलनामा वैशाखदेखि उडानमा ३५ प्रतिशत, यात्रु संख्यामा ३२ प्रतिशत र विदेशी पर्यटक आगमनमा ६२ प्रतिशतले घटेका छन । नेपाल पर्यटन बोर्ड पोखराका इन्चार्ज श्रद्धा श्रेष्ठले पोखरा र आसपासको पर्यटनको बारेमा जानकारी दिदै नेपाल आउने पर्यटक मध्ये ५० प्रतिशत पोखरा आउने गरेको र पोखरा आएका मध्ये ६० प्रतिशतले सहासिक गतिविधिमा सहभागि हुने गरेको दाबी गरीन । पर्यटनका बोर्डका पुर्व सदस्य टिकाराम सापकोटाले संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथ निर्माणमा र पोखराको पर्यटनमा चाँसो राखेकोमा आभार व्यक्त गर्दै भुकम्प र नाकाबन्दीले थल परेको पर्यटनलाई चलायमान बनाउन सरकारले पनि योजनावद्ध रुपमा काम काम गर्नु पर्ने माग गरे । क्षेत्रीय कार्यलयमा जनशक्तिको अभाव रहेको बताउँदै १० जिल्ला हेर्ने क्षेत्रीय कार्यालयले एक रुपैयाँ पनि आफ्नो निर्णयले चलाउन नपाउने र केन्द्र निर्देशन अनुसार खर्च गर्नु पर्ने बाध्यता रहेको उनले गुनासो गरीन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button