एक करोड २० लाखको लगानीमा होटल तथा पार्टी प्यालेस सञ्चालनमा

पोखरा, ११ पौष –

पोखराको राष्ट्रबैंकचोकमा रहेको मुक्तिनाथ लेकाली हाउस एण्ड पार्टी प्यालेसको शुभारम्भ गरिएको छ । विवाह, ब्रतवन्ध, उत्सव, समारोह, सेमिनार एवम् विभिन्न कार्यक्रमलाई लक्षित गर्दै प्यालेस सञ्चालनमा ल्याइएको हो ।

एक करोड २० लाख रुपैयाको लगानीमा होटल तथा पार्टी प्यालेस सञ्चालन गरिएको प्यालेसका अध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । प्यालेसमा पाँच जनाको लगानी रहेको छ । शुभारम्भको अवसरमा हरेक सेवामा १० प्रतिशत छुटको व्यवस्था रहेको अर्का सञ्चालक एवम् कार्यकारी निर्देशक होम बहादुर सेनले बताउनुभयो ।

पार्टी प्यालेसले एकै पटक २ सय ५० जनालाई सेवा सक्नेछ । सरकारी कार्यालयहरु यस क्षेत्रमा रहेकाले पनि उनीहरुका गतिविधी, भेला तथा कार्यक्रमलाई केन्द्रित गरिने प्यालेसले जनाएको छ । यसअघि लेकाली होटल बाट सञ्चालित सो प्यालेस नयाँ सञ्चालकहरुले थप लगानी गरेर परिस्कृत गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button