व्याजदर घटाउदा पनि लगानी भएन : पुजी पलायनको खतरा

पोखरा १८, माघ –

गत वैशाख १२ गते आएको विनाशकारी भुकम्प त्यस पछि लगतै तराई मधेस आन्दोलन र भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीको कारणले गर्दा वित्तिय संस्थाहरुमा हाल निक्षेप संकलन भारी बृद्धि भएको र लगानीको बातावरण नहुदा पुजी पलायन हुने होकि भनेर बैक तथा वित्तिय संस्थाका पदाधिकारीहरु चिन्तित भएका हुन । विगत ५ महिना देखि नाकावन्दीको मार खेपेका तराई बासीले सो क्षेत्रमा भएको पुजी समेत पलायन हुदै गएको बताइन्छ ।

पोखरा क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुमा पनि नाकावन्दीको प्रभाव देखिएकोे नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निलम तिमिल्सिनाले बताईन । उनले भनिन “ नेपालमा आएको भूकम्पको प्रभाव भन्दा पनि पछिल्लो समयमा भएको नाकावन्दीको प्रभावले गर्दा तत्काल लगानीको वातावरण छैन, बैंक तथा वित्तिय संस्थाहरुमा कर्जामा व्याजदर घटाउदा पनि निक्षेप संकलन भारी रुपमा बृद्धि भएको छ । ”

नाकावन्दीको कारणले गर्दा नयाँ लगानी कर्ता उत्साहित नभएको, भएका उद्योग धन्दा कलकारखाना जेनतेन चलेको, पर्यटन क्षेत्रमा नयाँ लगानी नभएको कारणले गर्दा डिपोजीट बड्न गएको प्रमुख तिमिल्सिनाले बताईन । उनले भनिन “पर्यटकीय क्षेत्र पोखरामा पर्यटनका पुर्वाधार होटल तथा रेष्टुरेण्टहरु लगायतका क्षेत्रमा नयाँ लगानी तत्काल कसैले खासै गर्न खोजेको देखिन्न, पहिलाका ऋणिहरुलाई पनि व्याज बुझाउन मुस्कील भएको गुनासो आएको छ, यस्तो अबस्था धेरै समय रहेमा पुजी पलायन हुन सक्छ, पछिल्लो क्रममा यसको प्रभाव शेयर बजारमा मुल्य बृद्धि भएको छ । ”

डेभलपमेन्ट बैंक एशोसिएसन नेपालका केन्द्रीय सचिव गोविन्द ढकालले नाकावन्दीको कारणले गर्दा हाल लगानीको वातावरण सृजना नभएकोले गर्दा तथा डलरको भाउ बढे दाबी गरे । गरीमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले विकास बैंकहरुले औसतमा ४ देखि ५ प्रतिशत र कर्मसीयल बैंकहरुले १ देखि २ प्रतिशत व्याजदरमा निक्षेंप संकलन गरेको बताए । उनका अनुसार विकास बैंकहरुले औषतमा साँडे ९ देखि ११ प्रतिशत र कर्मसीयल बैंकहरुले भने ८ देखि ९ प्रतिशतमा कर्जा लगानी गरेको भए पनि बैंक तथा विक्तिय संस्थाहरुमा करीब दुई गुणा जसोले डिपोजीट बृद्धि हुदै आएको छ ।

सिटि डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले नेपाल राष्ट्र बैंकले छोटो समयको लागि बैंक तथा विक्तिय संस्थाहरुलाई सट प्रोभिजन दिएको कारणले गर्दा यसको असर पछि देखा पर्न सक्ने बताए । नाकावन्दीको कारणले गर्दा अत्यावसेक बस्तु तथा सेवाहरु सहज रुपमा उपलब्ध हुन नसकेको कारणले गर्दा आफ्नो बैंकमा पनि निक्षेप संकलन बृद्धि भएको उनले बताए । उनका अनुसार गत असार मसान्तरसम्म ५ अर्व ६ करोड निक्षेप संकलन भएकोमा व्याजदर घटाउदा पनि यस बर्ष पुष मसान्तरसम्म ५० करोड निक्षेप बढेको छ । गत बर्ष ४ अर्व १० करोड कर्जा भएकोमा यस बर्ष पुष मसान्तरसम्म ३० करोड कर्जामा लगानी भएकोे प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले आफ्नो फाईनान्समा करीब ४ गुणाले डिपोजीट बढे पनि एक गुणा पनि कर्जा लगानी नभएकोे बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button