पोखराका ९ ताललाई रामसारमा सुचिकृतको घोषणा

पोखरा, १८ माघ – 

“भबिस्यका लागि सिमसारः दिगो जीविकोपार्जको आधार” भन्ने नाराका साथ पोखरा उपत्यका ताल संरक्षण समितिको आयोजनामा पोखरा क्षेत्रमा रहेका ९ वटा ताललाई भोलि (मंगलबार) रामसार सुचिमा सुचिकृत भएको घोषणा सहित विश्व सिमसार दिवस मनाईने भएको छ ।

फेब्रुअरी २ अर्थात विश्व सिमसार दिवस २०१६ को अवसरमा मंगलबार पोखरामा सिमसार दिवस धुमधामका साथ मनाउदै यस क्षेत्रमा रहेका ९ वटा ताललाई रामसार सुचिमा सुचिकृत गरीने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले बताए । फेवाताल, बेगनासताल, रुपाताल, दिपांगताल, मैदिताल, खास्टेताल, न्युरेनिताल, गुदेताल र कमलताल गरी कास्कीका ९ ताललाई रामसार सृचिमा सृचिकृत गर्न नेपाल सरकारले सन २००८ बाट राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखरा क्षेत्रका तालको संरक्षणमा केन्द्रीकृत गरी रामसार सुचिमा लानको लागि संभाव्यता अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पटक पटक ताल सरोकारवाला निकाय तथा स्थानीयसंगको छलफल गरी प्रतिवेदन तयारी गरी रामसार सचिवालयका कर्मचारीसंग छलफल गरी यहाँका ९ वटा ताललाई रामसार सुचिमा सुचिकृत गरीएको हो । पोखराको हल्लनचोकबाट सुरु हुने रयाली वसुन्धरापार्कसम्म पुगेर टुंगिने भएको छ । ९ वटा तालमा पानीले ओगटेको क्षेत्रफल २ सय ६१ बर्ग किलोमिटर रहेको बताइन्छ ।

lake 2

रामसारका सम्पर्क व्यक्ति महेश्वर ढकालले यसरी सिमसार क्षेत्रलाइ रामसार क्षेत्रमा सुचिकृत हुदा ताल अतिक्रमणबाट रोकिने, भावी पुस्तालाई ताल हस्तान्तरण, जैविक विभिधताको संरक्षण, वन्यजन्तुको संरक्षण, पर्यापर्यटनको विकास, विश्व सामु तालको पहिचान हुने लगायतको फाईदा हुने बताए । सन १९७१ बाट इरानबाट सिमसार क्षेत्रको संरक्षण गर्नू पर्ने मान्यताले रामसार क्षेत्र सृचिकृत अभियानमा हाल विश्वका १ सय ६९ राष्ट्रहरु परेका छन ।

नेपालको करीब ५.६ प्रतिशत तालतलैया, नदीनाला सहित पानीले ढाकिएको क्षेत्र रहेको उनले जनाए । सिमसार क्षेत्र संरक्षणको अभावमा अतिक्रमण हुदै वन्यजन्तु र समग्र जैविक विभिधतामा परेको प्रभावले गर्दा मानव अस्तित्व नै संकटमा पर्ने भम्भावना भएर सन १९७१ मा ईरानको रामसार शहरमा संसारका सरकारी प्रतिनिधि र बैज्ञानिकहरुको भेलाबाट सिमसार क्षेत्रको संरक्षण व्याबस्थापन र दिगो उपयोग गर्नै प्रतिवद्धता अनुरुप रामसार महासन्धिको स्थापना गरीएको हो । विश्व भरका हालसम्म २ हजार २ सय २५ वटा क्षेत्रहरु रामसार क्षेत्रमा सृचिकृत भएका छन । यस अघि नेपालका ६ राष्ट्रिय निकुन्ज र ३ वटा तालहरु सुचिकृत भएका छन । सन १९८७ बाट नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भै सिमसार संरक्षण र सदुपयोग गर्ने अभियानमा विश्वका मुलुकसंग हातेमालो गर्दै आएको छ । पोखराका तालहरु हाल मानविय अतिक्रमण तथा संरक्षणको अभावमा लोप हुने अबस्थामा पुग्दैछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button