सुजुकीको सेल्स शोरुम वालिङमा

पोखरा, १८ माघ –

गण्डकी र धवलागिरी अञ्चलको लागी सुजुकी कम्पनीका चारपाङग्रे गाडीहरुको आधिकारिक विक्रेता बतास अटोमोवाईल्स प्रा.लि. नयाँवजार पोखराले सोमवारदेखी स्याङ्जा वालिङको भकुण्डेमा सुजुकी शोरुम सञ्चालनमा ल्याएको छ ।

उक्त सोरुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभा कान्त पौडेलले एक समारोहका बीच संयूक्त रुपमा शुभारम्भ गरेका थिए ।

suzuki 2

स्याङ्गजा जिल्लाका ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी विभिन्न मोडेलका सुजुकी गाडीहरुको सेल्स शोरुम सञ्चालनमा आएको बतास अटोमोवाईल्सका अध्यक्ष आनन्दराज वतासले वताए । सुजुकी गाडीप्रति सर्वसाधारणको आकर्षण वढेको र गण्डकी अञ्चलमा विक्री प्रवद्ध्र्रन गर्न शोरुमले सहयोग पुग्ने अटोमोवाईल्सका प्रवन्धक गणेश ढकालको भनाई रहेको छ । शोेरुम सुभारम्भको अवसरमा सुजुकी ब्राण्डका कुनै पनि गाडी बुक गर्ने ग्राहकहरुलाई विशेस छुटको व्यवस्था गरिएको थियो । सो अवसरमा ४ वटा गाडी वुकिङ भएको वताईएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button