चिल्ड्रेन नेपालद्धारा पोषण सामग्री वितरण

पोखरा, १८ माघ –

चिल्ड्रेन–नेपाल पोखराले पोषण सामग्री वितरण गरेको छ । संस्थाले विद्यालय पढ्न सहयोग गरेका बालबालिकाका अभिभावकहरुलाई पोषणयुक्त खानेकुरा वितरण गर्दै यसको फाइदाको अलावा परिवार नियोजन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा विपन्न परिवारका ५८ जना अभिभावकहरुलाई पोषणयुक्त खानेकुरा (गेडागुडी) वितरण गरिएको थियो । मेट्रोसिटि हस्पिटलमा कार्यरत स्टाफ नर्स अस्मिता पौडेलले सहभागीलाई पोषण खानेकुरा खानाका फाइदा वेफाइदा तथा परिवार नियोजनका विषयमा अनुशिक्षण दिएका थिइन् । वार्षिक रुपमा स्वास्थ्यसंग सम्बन्धित विभिन्न गतिविधिहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने बालबालिका, युवा तथा परिवार कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले सो अवसरमा बताए । संस्थाले न्यून आय भएका परिवारलाई यस्ता खालका गतिविधि मार्फत सहयोग गर्दै आएको कार्यक्रममा संलग्न उमापति चुवाईको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button