पोखरामा एक युवतीको हत्या

पोखरा १९, माघ-

पोखरामा एक युवतीको हत्या भएको छ । पोखरा–१५ बस्ने १८ बर्षीया योरुना पुन (नेहा) को हत्या भएको प्रहरीले जनाएको छ । पोखरा नयाँगाउँको एक क्याफेमा काम गर्दै आएकी पुनको गएराति हत्या गरेको हुन सक्ने वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक वेद प्रसाद जोशीले बताए ।

उनका अनुशार मृतक पुनको शरीरै भरी निल डाम रहेको छ भने टाउकोमा गमभीर चोट रहेको छ । पुनलाई कसैले हत्या गरेर फालेको हुन सक्न प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जनाएको हो । पोखरा १५ नयाँ गाउँ क्षेत्रमा उनको शव स्थानीयले देखेर प्ररहीलाई खवर गरेका हुन । उनको शव हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button