पोखरा उपत्यकाका ९ ताल रामसारमा सुचिकृत भए

पोखरा, १९ माघ – 

फेब्रुअरी २ अर्थात विश्व सिमसार दिवस २०१६ को अवसरमा मंगलबार पोखरा उपत्यकामा रहेका ९ वटा ताल रामसार सुचिमा सुचिकृत गरीएको छ । “भविश्यका लागि सिमसारः दिगो जीविकोपार्जको आधार” भन्ने नाराका साथ पोखरा उपत्यका ताल संरक्षण समितिको आयोजनामा भएको पोखरा उपत्यका ९ वटा ताल रामसार सृचिमा सुचिकृत भएको प्रमाण पत्र वितरण समारोहमा प्रमाणपत्र वितरण गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटालाई रामसारका सचिवालयका प्रतिनिधि डा. लि योङले पोखरा उपत्यका ९ वटा ताल रामसार सृचिमा सुचिकृत भएको प्रमाण पत्र वितरण गरेका हुन । मन्त्री सापकोटाले नेपाल सरकारको प्रतिनिधित्व गर्दै ग्रहण गरेको उक्त प्रमाणपत्र स्थानीय निकाय कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री सापकोटाले पोखरा उपत्यका ९ ताल अब पोखरेली र नेपालको मात्र नभई विश्वकै चासोको बिषय भएकोले यसको संरक्षण र दिगो व्यवस्थापन गर्नू थप चुनौती आएको बताए । सरकारी निति निमार्ण भित्र रहेर काम गर्न स्थानीयलाई आग्रह गर्दै मन्त्री सापकोटाले देशका ऐतिहासिक महत्व बोकेका वस्तुहरुको अतिक्रमणले सिंगो मानवलाई असर पार्ने भएकोले यसमा स्थानीयहरु पनि बढी जागरुक हुन आग्रह गरे । पोखराका ताल अब अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान हुने हुदा पर्यटन प्रवद्र्धन हुने मन्त्री सापकोटाले विश्वास व्यक्त गरे ।

simsar 2

रामसारका सचिवालयका प्रतिनिधि डा. लि योङले नेपालको धेरुै राम्रा प्राकृतिक श्रोतसाधनहरु भएकोले अन्य प्राकृतिक श्रोतसाधनलाई पनि प्रकृया अघि बढाएको खण्डा रामसारमा सृचिकृत गर्न सकिने बताए । उनले भने “नेपाल आफैमा प्राकृतिक श्रोतले धनि राष्ट्र हो, यहाँका केहि श्रोतहरु रामसारमा सृचिकृत हुनु थप यहाँको पर्यटन प्रवद्र्धन गर्न र दिगो विकासमा थप टेवा पुराउछ । ” उक्त दिवस सहित रामसार सृचिमा सुचिकृत भएको औपचारीक घोषणा कार्यक्रममा ताल क्षेत्रका स्थानीय सहित पोखरेलीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो । पोखराको हल्लनचोकबाट सुरु भएको झाकी सहितको र्याली वसुन्धरापार्कमा पुगेर कार्यक्रममा परिणत भएको हो ।

फेवाताल, बेगनासताल, रुपाताल, दिपांगताल, मैदिताल, खास्टेताल, न्युरेनिताल, गुदेताल र कमलताल गरी कास्कीका ९ ताललाई रामसार सृचिमा सृचिकृत गर्न नेपाल सरकारले सन २००८ बाट राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखरा क्षेत्रका तालको संरक्षणमा केन्द्रीकृत गरी रामसार सुचिमा लानको लागि संभाव्यता अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले सन २०२० सम्ममा नेपालका थप ४ वटा क्षेत्रलाइ रामसारमा सृचिकृत गर्न सम्भाव्यता तथा अध्ययन सुरु भएको बताए । यसरी सिमसार क्षेत्रलाइ रामसार क्षेत्रमा सृचिकृत हुदा ताल अतिक्रमणबाट रोकिने, भावी पुस्तालाई ताल हस्तान्तरण, जैविक विभिधताको संरक्षण, वन्यजन्तुको संरक्षण, पर्यापर्यटनको विकास, विश्व सामु तालको पहिचान हुने लगायतको फाईदा हुने उनले बताए । सन १९७१ बाट इरानबाट सिमसार क्षेत्रको संरक्षण गर्नू पर्ने मान्यताले रामसार क्षेत्र सृचिकृत अभियानमा हाल विश्वका १ सय ६९ राष्ट्रहरु परेका छन । संस्सदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले वातावरणलाई सन्तुलन राख्दै रामसार क्षेत्रमा सृचिकृ्त भएका वस्तुलाई भावी पुस्ताहरुलाई हस्तान्तरणको लागि समेत मध्यनजर गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

ताल विकास बोर्डका संस्थापक अध्यक्ष खगराज अधिकारीले सवैको साथ र सहयोगले गर्दा पोखराका ताल रामसार सृचिमा पर्न सफल भएको बताए । क्षेत्रिय प्रशासक शंकर कोइरालाले रामसार सुचिमा सुचिकृतसंगै स्थानीय रुपमा अवसर र चुनौती उतिकै आएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button