पोखरामा भोलि बाबाको ग्यास सी. वितरण हुने – विवरण सहित

पोखरा, १९ माघ –

पोखरामा मिति २०७२।१० ।२०  गते बाबाको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार बाबाको आधा ग्याँस सिलिण्डर कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका १२ वटा  बिक्रेता  बाट वितरण हुने भएको हो ।

                      पोखरामा मिति २०७२।१०।२० गते बाबाको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

baba 1

baba 2

advertisement

baba 3

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने  प्रशासनले जनाएको  छ ।

 ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

Close
Close
Close