विग आइकनमा सबैभन्दा कान्छि प्रतियोगी बाहिरिईन

पोखरा, १९ माघ –

विग आइकनको यो सिजन अन्तरगत उत्कृष्ट ८ सम्म आएकी सबैभन्दा कान्छि प्रतियोगी ममता गुरुङ मंगलबार प्रतियोगिताबाट बाहिरिएकी छन् । ममता बाहिरिएसँगै मंगलबार उत्कृष्ट ७ प्रतिस्पर्धीले अघिल्लो चरणका लागि प्रस्तुती दिए ।

उत्कृष्ट १० पछि प्रतियोगीहरु अगाडि बढ्नका लागि निर्णायकको मतसँगै स्रोताले गरेको एसएमएस भोटिङको पनि हात रहन्छ । मंगलबार प्रतियोगिताबाट बाहिरिँदै गर्दा ममताले विग आइकनले आफुलाई संगीतसम्बन्धि धेरै ज्ञान दिएको बताईन् । ‘मेरो लागि अझै थुप्रै समय बाँकी छ । र, मैले सानै उमेरमा पनि यति राम्रो प्लेटफर्म पाएर यहाँ सम्म आईपुगे, त्यहि नै मेरो लागि सबैभन्दा ठुलो उपलब्धि हो ।’ ममताले जाँदाजाँदै भनिन् ।

पहिलोपटक गायन रियालिटि शोमा भाग लिएर उत्कृष्ट ८ सम्म पुगेकी ममता आगामी दिनमा पनि संगीतमै लाग्ने प्रतिबद्धता जनाईन् । परिवार र विद्यालयबाट समेत संगीतमा लाग्न निकै सहयोग रहेकोले संगीतप्रति आफ्नो चाहना अझै बढेको उनले बताईन् । अझै विग आइकनले संगीतमै भविष्य देख्न सिकाएको उनको भनाई थियो । ममता १३ वर्षकी भईन् ।

उत्कृष्ट ८ प्रतिस्पर्धीमध्ये ममता बाहिरिएपछि प्रमिला बराल, अनु गुरुङ, अम्बिका पुन, कमल केसी, साजन आले, सृष्टि गुरुङ र सौगात गुरुङ फाईलका लागि भिडिरहेका छन् । उत्कृष्ट ७ प्रतिस्पर्धीहरुमध्ये शुक्रबार हुने अर्को चरणको अडिसनमा एक जना बाहिरिने एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन स्रोताहरुले समेत भोट गर्न सक्ने एफएमले जनाएको छ ।

प्रमिला बराललाई भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई द्यक्ष्न् कउबअभ एद्य, अनु गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ ब्न्, अम्बिका पुनलाई भोट गर्न द्यक्ष्न् कउबअभ ब्ए, कमल केसीलाई भोट गर्न द्यक्ष्न् कउबअभ प्प्, साजन आलेलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ब्, सृष्टि गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्ज् र सौगात गुरुङलाई भोट गर्न द्यक्ष्न् कउबअभ क्न् टाईप गरि ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ ।

एफएमले दिएको जानकारी अनुसार अबका दिनमा उत्कृष्ट तीनसम्म हरेक अडिसनबाट एक जनामात्रै प्रतिस्पर्धी बाहिरिनेछन् । र, उनीहरुको निर्णयअधिकारमा निर्णायकको ६० र स्रोताले गर्ने एसएमएस भोटिङको ४० प्रतिशत हिस्सा हुनेछ । विग आईकनको यो सँस्करणमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा टाइटल स्पोन्सरको रुपमा सामसुङ मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button