कास्कीमा राप्रपा नेपालको राष्ट्रिय अभियान अन्तिम चरणमा

पोखरा , २० माघ –

राप्रपा नेपाल कास्कीले बुधबार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत वडा नं. २१ काहुँमा वडा भेला सम्पन्न गरेको छ ।

हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य रोम बहादुर भण्डारीले जनताको सुख दुःखमा साथ दिएर राप्रपा नेपालले बोलेर होइन गरेर देखाउने पार्टी भएको बताउनुभयो । देश चरम संकटमा भएको अवस्थालाई मध्यनजर गर्दै आफ्नो हरपल देश र जनताप्रति सकारात्मक रहेको बताउँदै संकटकाल अन्त्य गर्न पार्टी सधैं लागिपर्ने बताउनुभयो ।

अर्का वक्ता जिल्ला अध्यक्ष जयलाल पुनले राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए । मुहान नथपी धारा मात्र बाँड्नु अर्थहिन भएको बताउँदै खानेपानीको स्रोतलाई व्यवस्थित गर्न राष्ट्रिय योजनामा पार्न कास्कीको एक टोली कार्यकारी अधिकृत लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्थानीय विकास मन्त्रीलाई ध्यानाकर्षण गरिएको बताउँदै छिटै समाधान गर्ने कुरामा आश्वासन दिएको बताए । साथै यस जिल्लामा हाइड्रोपावर थपी कास्की जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न पहल भइरहेको समेत बताए ।

यसैगरी वडा नं. ७ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरिएको छ । दिलु परियारको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरिएको हो । त्यसैगरी वडा नं.२१ काहुँमा दयाशंकर लामिछाने शंकरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कार्यक्रममा देविजंग गुरुङ्ग, नेत्रबहादुर बस्नेत, गीता गुरुङ्ग, रन्जना सेन पौडेल, कृष्ण कुमारी थापा, मिना सुवेदी, पूर्णबहादुर गुरुङ्ग लगायतले काहुँको विकासका लागि कहिल्यै पछि परिने बताउँदै सबैको साथ लिएर अगाडि बढ्ने बताउनुभएको थियो ।

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य रोम बहादुर भण्डारी तथा जिल्ला अध्यक्ष जयलाल पुनले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।

क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष गिता गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्रीय सचिव निर्मल खत्रीले गर्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button