नेहा पुनको हत्यारा सार्वजनिक, यसरी भयो हत्या

पोखरा, २५ माघ – 

केहि दिन अघि पोखरामा हत्या गरी फालेको अवस्थामा भेटिएकी योरुना पुन (नेहा) को हत्यामा संलग्न भएका एक युवालाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । नेहाँको हत्यामा संलग्न भएका सतिश भनिने कृतन खड्कीलाई प्रहरीले पक्राउ गरी आज (सोमबार) पोखरामा सार्वजनीक गरेको हो ।

पोखरा–१५ नयागाँउ बस्ने १८ बर्षीया नेहाको हत्यामा संलग्न भएका पोखराको न्युरोडमा गेम हाउस संचालक पोखरा ९ नयाँबजारका २१ बर्षीय खड्गीलाई विभिन्न अनुसन्धानको क्रममा उनलाई पक्राउ गरीएको कास्की प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । प्रारम्भिक सोघपुछको क्रममा खड्गीले माघ १८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित ओपन टेवल रेष्टुरेण्टमा बसी मादक पदार्थ सेवन गरेका थिए । उक्त रेष्टुरेण्टबाट राती करीब ९ बजेतिर खड्गीले नेहालाई घर पुरयाउनको लागी आफ्नो मोटरसाईकलको पछाडी राखी नयाँगाउ तर्फ लगेको र घटनास्थल नजिकै पुगेपछी कृतन खड्गीले नेहाँलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र होटलमा संगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव समेत खड्गीले राखेको बयानमा दिएको कास्की प्रहरीले जनाएको छ । नेहाँले शारीरिक सम्पर्क गर्न अस्विकार गरेको, त्यही कुरामा कृतनले दवाब दिदा नेहाँले कृतनलाई अश्लिल शब्द प्रयोग गरी गाली (गलौज गरेकोमा रिस उठी थाम्न नसकी कृतनले हेलमेटले नेहाँकोे टाउकोमा पछाडी र अगाडी दुई पटक प्रहार गरेको त्यस पछि नेहाँ भुईमा ढलेको र सो घटनाले गर्दा नेहाँसंग शारिरिक सम्पर्क राख्न खोज्दा उनकोे नाक र कानबाट रगत बगेको देखेपछि डराएर घर तर्फ गएको भन्ने हत्या आरोपमा पक्राउ परेका खड्गीले प्रहरीलाई दिएको बयान्मा उल्लेख गरीएको छ ।

हत्यामा संलग्न भएका खड्गीलाई कर्तव्य ज्यान मुद्धा र जबरजस्ती करण उद्योगका गरी दुई वटा मुद्धा लाग्ने भएको छ । बलत्कार भएको हो वा होईन यस बिषयमा काठमाण्डौंमा अनुसन्धानको लागि रिपोर्ट पठाएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button