राजनीति

नेपाली काँग्रेसका सभापति कोइरालाको निधन

काठमाडौँ, २६ माघ –

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उनको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आएका थिए । लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहेका कोइराला ७६ वर्षका भएका थिए ।

sushil koirala

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उनलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए ।

बुबा बोधप्रसाद र माता कुमिनिदी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते ९सन् १९३९ अगष्ट १२० मा भारतको बनारसमा जन्मिएका थिए । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुगेका थिए।

यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । रासस

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top