Pokhara News

कोइरालाको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ, माघ २६ –

केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले राति निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषदले शोकमा भोलि बुधबार १ दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । यस्तै, आजदेखि तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिने छैन ।

माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राखिने इकान्तिपुरमा खबर छ ।

Related posts

सल्यान गाँउ कमिटिको अध्यक्षमा यमबहादुर

पोखरा न्युज

समानता र समृद्धिका लागि स्रष्टा एवं कलाकारको भूमिका उच्च

पोखरा न्युज

राष्ट्रियता बचाउनलाई सरकारमा – राज्यमन्त्री शाही

पोखरा न्युज
खुल्दैछ.......