चिनियाँ पर्यटक भित्रयाउन भिषा प्रक्रिया सहज पार्नुपर्ने

पोखरा,२६ माघ –

चिनियाँ पर्यटक भित्राउन भिषा प्रक्रिया सहज पार्न पोखराका पर्यटन व्यवसायीहरुले माग गरेका छन । भिषा निशुल्क मात्र नभई प्राप्तीमा प्रक्रिया सहज बनाउनुपर्दछ भन्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको मंगलबार पोखरामा सम्पन्न भएको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पर्यटन व्यावसायीहरुले नेपालको पर्यटनको राम्रो सम्भावना भएकोले तत्काललाई चिनीया पर्यटकलाई लक्षित गरेर भिषा प्रकृया सहज पार्न सरकारसंग माग गरेका हुन ।

पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) का संयोजक गणेश बहादुर भट्टराइले राजनीतिक समस्याले गर्दा नेपालले विदेशी पाहुनाको ठुलो हिस्सा गुमाउनु परेको दाबी गरे । उनले भने “यस बर्ष पर्यटन व्यवसाय धेरै प्रभावित भएको छ, अब यसलाई पहिलाको अवस्थामा पुरयाउन हामीले धेरै मेहनत गर्नु पर्दछ ।” नाट्टाका केन्द्रीय अध्यक्ष मधुसुदन आचार्यले नेपाल जोड्ने अन्तराष्ट्रिय उडानको हवाइ भाडा घटाउन सके पर्यटक भित्रयाउन सघाउ पुग्ने जनाए । पर्यटक भित्रयाउन सकेमा नेपालका धेरै युवा विदेशीनबाट रोकिने उनले बताए । नाट्टाका पूर्व अध्यक्ष बासु त्रिपाठीले भिषा निशुल्क मात्र नभई प्राप्तीमा प्रक्रिया सहज बनाउनुपर्ने माग गरे ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपालस्थित चिनियाँ राजदुतावासका सुरक्षा विभागका सिनियर कर्णेल लियु जिआगुङले नेपाल र चीनबीचको सम्बन्ध मजबुत बनाउनु पर्नेमा जोड दिए । उनले भने “नेपाल र चिन बिचको सम्बन्ध पहिले देखि सम्वन्ध राम्रो हुदै आएको छ, झन राम्रो पार्न साच्चैको साथी बन्नु पर्छ ।” नाट्टाका अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र नाकाबन्दीको असरले पर्यटन क्षेत्रमा ठुलो असर पारेको गुनासो गरे । उनले भने “भूकम्प पछि माथि उकालो लाग्दै गरेको पर्यटन क्षेत्र नाकाबन्दीको मारले गर्दा हाल खस्केर गएको छ । अधिवेशन अवसरमा नाट्टामा आवद्ध संस्थामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी सहित उत्कृष्ट ट्राभल एजेन्सी र प्रवद्र्धन थालेका व्यक्तिलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीहरुमा बुद्ध ट्राभल्सका होमबहादुर थापा र ओपनहर्ट टुर्स एण्ड ट्राभल्सका गणेश लम्साल उत्कृष्ट भए । त्यस्तै ब्लुस्काइ र एडम टुर्स एण्ड ट्राभल्स उत्कृष्ट ट्राभल एजेन्सी भए । प्रवद्र्धन कार्यक्रम थालनी गरेका भूपू अध्यक्ष हरी शर्मा पनि उक्त अवसरमा सम्मानित भए । नाट्टामा आवद्ध १ सय ३९ वटा ट्राभल एण्ड टूर रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चलको दुई वर्षे कार्यकालको लागि दिल्लीप्रसाद गौतम सर्वसम्वत रुपमा चयन भएका छन । अन्य पदाधिकारीहरुले अध्यक्षमा आकांक्षी नभए पछि प्रथम उपाध्यक्ष रहेका गौतम दुई वर्षे कार्यकाल सम्हाल्ने जिम्मेवार पाएका हुन । उनी बुद्ध टूर एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुन् । त्यसै गरी कोषाध्यक्षमा पनि निर्वीरोध हरिराम अधिकारीलाई चयन गरीएको छ । प्रेम प्रसाद सुबेदीले उमेदवारीमा नाम दर्ता गरे पनि पछि नाम फिर्ता लिए पछि अधिकारी कोषाध्यक्षमा निर्वीरोध चयन भएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button