Pokhara News

पोखरामा २८ गते बिहिबार गृहलक्ष्मीको ग्यास बाडिने – विवरण सहित

पोखरा, २७ माघ –

पोखरामा मिति २०७२।१० ।२८  गते गृहलक्ष्मीको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार शक्तिको १५०० वटा आधा ग्याँस सिलिण्डर कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका ४५ वटा  बिक्रेता  बाट वितरण हुने भएको हो ।

                 

             पोखरामा मिति २०७२।१०।२८ गते गृहलक्ष्मीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

griha laxmi magh 28

griha laxmi magh 28 a

griha laxmi magh 28 b

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने   प्रशासनले जनाएको  छ ।

Related posts

पोखरामा बैशाख १६ गते गृहलक्ष्मीको १००० ओटा भरि ग्याँस सिलिण्डर बाडिने – विवरण सहित

पोखरा न्युज

पोखरामा बैशाख ०५ गते शक्तिको २५०० ओटा भरि ग्याँस सिलिण्डर बाडिने – विवरण सहित

पोखरा न्युज

जारी महोत्सवमा १७ टन आलुको कारोवार

पोखरा न्युज
खुल्दैछ.......