मौजामा वसन्तपञ्चमी मेला हुने

पोखरा, २८ माघ –

प्रयत्नशिल युवा क्लवको आयोजनामा आउँदो फागुण १ देखि कास्कीको मौजा–१ मोहोरियामा २० औं वार्षिकोत्सव तथा ४० औं बसन्तपञ्चमी मेला हुने भएको छ । तीन दिने मेला सम्पन्न गर्न क्लव अध्यक्ष मणिराज गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

मेलाको मुख्य आकर्षणमा गाविस स्तरिय पुरुष भलिवल प्रतियोगिता रहने अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा विभिन्न १९ टिमको सहभागिता रहने क्लवका पूर्वाध्यक्ष चोक गुरुङ्गले बताए । भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र, द्धितियले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि विभिन्न विद्याका खेलाडीहरुलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कृत गरिने क्लवले जनाएको छ । मेलाका अन्य आकर्षणहरुमा गाविसको प्रावि स्तरिय हाँजिर जवाफ प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता साथमा विभिन्न साँस्कृतीक कार्यक्रम हुने क्लवका अर्का पूर्वाध्यक्ष खगेन्द्र गुरुङ्गले बताए ।

क्लवको संयोजकत्वमा गाउँमा निर्माण हुँदै गरेको भलिवल र बास्केटवल कोर्ट निर्माण कार्य पनि लगत्तै शुरु गरिने जनाईको छ । मुलुकमा देखिएको विभिन्न कठिनाइका कारण निर्माण कार्य पछिल्लो समय रोकिएको थियो । खेल मैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट छुट्टाइएको पाँच लाख रकमले तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ । अब प्यारापिट, मञ्च, बास्केटबल कोर्ट र भलिवल कोर्ट बनाउन बाँकि रहेको क्लवका सल्लाहकार तथा निर्माण समितिका आर्थिक संयोजक सु. हुमबहादुर गुरुङ्गले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button