नेहाको हत्यामा संलग्न अरु व्यक्तिहरु पनि रहेको भन्दै पोखरामा रयाली

पोखरा, २८ माघ –

पुन समाज नेपाल नगर समिति पोखरा, पुन युवा क्लव र पुन समाजले संयूक्त रुपमामा योरुना पुनको हत्या काण्डको गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वाजनिक गर्न माग गर्दै बिहीबार शान्तिपूर्ण दबाब रयालि प्रदर्शन गरेको छ ।

चिप्लेढुंगा मानवअधिकारचोकबाट सुरु भएको रयालि नयाँबजार, सिर्जना चोकहुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो । समाजका अध्यक्ष चन्द्रबहादुर पहरे पुनले हत्याको थप अनुसन्धान गरी सत्य तथ्य सर्वाजनिक गर्न माग राख्दै जिल्ला प्रसाशन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउनु भएको थियो । रयालीमा पुन समाज नेपालका सदस्यबाहेक विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । रयालीमा सहभागीले ‘नेहाको हत्यारलाई तुरुन्तै कारबाही गर’, ‘महिला हिंसा अन्त्य गरौं,’ ‘हत्या हिंसा चाहिँदैन मान्छे मार्न पाइदैन’ भन्दै नारा लगाएका थिए ।

पुन समाज पोखरा नगर कमिटिका सचिव दुधब. राम्जालीले पिडितलाई थप पिडा दिने काम गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष क्या. बलबहादुर पुन, समाजका केन्द्रिय उपाध्यक्ष पूर्ण ब. पुन, अधिकारकर्मी मनभूजा वि.क., पोखरा नगर अध्यक्ष मेजर चन्द्रबहादुर पहरे पुन लगायतले बोल्नुभएको थियो ।

नेहाको माघ १८ गते राति हत्या भएको थियो । उनको शव नयाँगाउँमा माघ १९ गते फेला परेको थियो । उनको हत्यामा संलग्न रहेको आरोप लागेका न्युरोडका सतिश खड्गीलाई प्रहरीले पक्राउ गरिसकेको छ । नेहाको सामूहिक बलात्कार पछि हत्या भएको हुन सक्ने भन्दै त्यसबारे प्रहरीबाट अनुसन्धान नभएको गुनासो उनका आफन्तले गरेका थिए । हत्या अर्कै ठाउँमा गरी शव घरनजिकै नयाँगाउँमा ल्याई फलिएको हुनसक्ने उनीहरुको दाबी छ ।

                                                पोखरामा निकालिएको दबावपुर्ण शान्ति र्यालीमा सहभागिहरु –

neha 3

neha 1

neha 2

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button