मनोजको ‘भ्यालेन्टाइन डे’ गिफ्ट ‘माथी है माथी’

पोखरा, १ फागुन –

पोखरेली गायक मनोज गुरुङले ‘भ्यालेन्टाइन डे’ को अवसरमा नयाँ गीत ‘माथी है माथी लेकमै जाँदा’ दर्शक श्रोतामाझ पस्किएका छन् ।

प्रेम गीत भएको कारणले यो गीत भ्इालेन्टाइन डे को अवसरमा रिलिज गरेको उनको भनाइ छ । ‘प्रेम गीत भएकोले यो गीत भ्यालेनटाइन डे मा दर्शक श्रोता माझ ल्याएको हुँ ।’ उनले भने । अहिले सम्म आफूले पस्किएका गीत भन्दा फरकपन यो गीतबाट दर्शक श्रोताले पाउने उनको दावी छ । ‘अहिले सम्म मैले आवाज भरेका गीत भन्दा फरकपन यो गीतमा प्राप्त हुनेछ ।’ गीतको रचना राम गुरुङले गरेका हुने भने आवाज र संगीत मनोजले दिएका छन् । यो गीतको म्युजिक भिडियोलाई समेत दर्शकले रुचाउने विश्वास उनको छ । मुस्ताङमा छायांकन गरिएको भिडियोमा मनोज गुरुङ ओमिस्का गुरुङ मोडलको रुपमा देखिएका छन् । भिडियोको निर्देशन मनोजले गरेका हुने भने छायाकंन र सम्पादन खिम बहादुर गुरुङको हो । गीत यु टुव मार्फत शनिबार सार्वजनिक गरिएको यो गीत लोक लयमा आधारित छ ।

gurung song

वि.स. २०६० मा ‘आफ्नो भन्नेलाई’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका मनोजको वि.स. २०६५ सालको लेखनाथ महोत्सवमा पहिलो गण्डकी ताराको उपाधि हात पारेपछि नेपाली साँगीतिक क्षेत्रमा सक्रियता बढेको थियोे । उनले वि.स. २०६६ सालमा ‘नौलो आवाज’ नामको एल्बम श्रोतामाझ पस्किएका थिए । यतिबेला नयाँ एलमको तयारीमा समेत मनोज जुटेका छन् । विभिन्न ६ गीत एल्बममा समाबेश गर्ने र भिडियो सँगै एल्बम बजारमा ल्याउने योजना उनले बनाएका छन् ।

मनोज गुरुङ फिल्ममा बढि व्यस्त छन् । ‘पछिल्लो क्रममा गुरुङ फिल्ममा बढि व्यस्त भएकोले नयाँ एलबम बजारमा ल्याउन सकेको थिइन’ मनोज भन्छन् । नयाँ एल्बमसँगै साँगीतिक यात्रामा झनै सक्रिय हुने उनको योजना छ । उनले ‘चोखो माया’, ‘ओइलीएको फुल’ र साथी नामको गुरुङ फिल्ममा मुख्य कलाकारको भुमिका निभाइसकेका छन् । अब छिट्टै नयाँ गुरुङ फिल्म निर्माण गर्न लागेको उनले बताए । मनोज राम्रो डान्सर पनि हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button