पोखरामा नयाँ र पुराना यातयात व्यावसायीहरुको दोन्द्को कारण आम यात्रुहरु अलपत्र

पोखरा, ०४ फागुन – 

पोखरामा नयाँ र पुराना यातयात व्यावसायीहरुको दोन्द्को कारणले गर्दा आम यात्रुहरुले पुनः मंगलबार पनि सास्ती भोग्नु पर्यो । करीब एक साता अघि दुई दिन यातयात सेवा प्रभावित भएको पोखरा सहित गण्डकी क्षेत्रमा मंगलबार पोखरा क्षेत्रको यातयात सेवा प्रभावित भयो । दैनिक रुपमा २ सय भन्दा बढी वसहरु संचालन गर्दै आएको पोखरा बस व्यावसायी समितिले विहान १० बजे यात्रुहरुलाई अलपत्र अवस्थामा छाडेर आफ्ना गाडीहरु संचालन नगर्दा यात्रुहरु मर्कामा परेका हुन । व्यावसायीको आन्दोलनको कारणले गर्दा आम यात्रुहरुले कहिले सम्म यस्तो सास्ती भोग्नु पर्ने हो न कास्की प्रशासनले यसको उत्तर दिन सकेको छ नत्र व्यावसायीहरुले नै ।

पोखरा बस व्यावसायी समितिले आज (मंगलबार) पोखरा क्षेत्रमा करीब १० बजे देखि सेवा ठप्प पार्दा पोखरामा नयाँ रुट प्रमिट पाएको विन्ध्यवासिनी बस व्यवसायी समितिले आफ्ना गाडीहरु तोडफोड भए पनि निशुल्क सेवा दिएको छ । मंगलबार विहानै पोखराको छोरोपाटनमा पुराना यातयात व्यावसायीहरुबाट विन्ध्यवासिनीका गाडी माथि तोडफोड भए पनि विन्ध्यवासिनीका गाडीहरुले सुरक्षाकमको साथमा निशुल्क बस सेवा संचालन गरेका हुन । छोरेपाटबाट पृथ्बीचोक, बगर हुदै लामाचौरसम्म समितिमा आवद्ध भएका ३ वटा वसले दिनभरी निशुल्क रुपमा सेवा दिएको बताएका विन्ध्यवासिनि बस व्यावसाय समितिका अध्यक्ष समबहादुर गुरुङले भोलि बुधबार पनि निशुल्क सेवा दिने घोषणा गरेका छन ।

आफ्ना बसहरुलाई पोखरामा संचालन गर्न नदिने भन्दै मंगलबार नियोजित ढंगले एकाएक आफ्ना गाडी माथि तोडफोड गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार समितिमा आवद्ध भएका तीन वटा बस ग १ ख ५९७१, ग १ ख ५९७२ र ग १ ख ५९७३ नम्वरका बसमा नियोजित ढंगले ढुंगा प्रहार हुदा बसको अगाडीका सिसा तथा झ्यालका सिसाहरु फुटेका छन। प्रशासनसंग आफुहरुले सुरक्षाको माग गर्दा गर्दै सुरक्षा दिन नसकेको कारणले गर्दा पुराना व्यवसायीहरुले आफुहरुलाई गुण्डा गर्दै शैलिमा ढुंगा मुडा प्रहार गरेको अध्यक्ष गुरुङले दाबी गरे । आफुहरुका गाडी माथि तोडफोड गर्ने र आफुहरुको सेवालाई अबरोध सृजना गर्ने पोखरा बस व्यावसायी समिति र पोखरा ट्याक्सी व्यावसायी समिति बिरुद्ध मुद्धा समेत हालेको उनले जनाए । कसैले धम्काउदैमा आफुहरुको सेवा अब निरन्तर रुपमा संचालन हुने उनले दाबी गरे ।

प्रशासनले हाल आफुहरुको रुट प्रमिटको व्याबस्था नमिलाएको कारणले गर्दा आफुहरुले चाहेर पनि एक साता जसो सेवा दिन नसकेको उनले बताए । उनले भने “यहाँ यातयात व्यावसायीहरु मात्र सिण्डीकेट होलान भनेको त यहाँको प्रशासनको पनि यातयातमा सिण्डीकेट रैछ हामीले बुझ्दैछौं । ” विन्ध्यवासिनीका गाडीहरु तोडफोडको आरोपमा वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा वस व्यावसाय समितिका दुई जना पदाधिकारीहरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी र सहसचिवमा देविप्रसाद कुईकेल रहेका छन । उनीहरुको नेतृत्वमा उक्त वसहरु तोडफोड भएको प्रहरीले जनाएको छ ।

गाडी तोडफोड भएको करीब ३० मिनेट भित्रमा उनीहरुलाई पक्राउ गरी हाल उनीहरुलाई वडा प्रहुरी कार्यालय बैदाममा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विरेन्द्र गोदारले बताए । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजि कार्य भई रहेको उनले बताए ।

गत माघ अन्तिम साता वार्ताबाट टुंगो लगाउने भनी कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले उक्त सेवा संचालन नगर्न आग्रह गर्दा गर्दै एक साता जसो विताएका नयाँ व्यावसायीहरुले आज देखि सेवा संचालनमा ल्याएका हुन । । यातयात व्यावस्था कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा पटक पटक भएको वार्ता निष्कर्ष विहिन भए पछि अन्ततः पुराना यातयात व्यावसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनीक गर्दै आन्दोलनमा उत्र्रिने भए पछि आम यात्रुहरुले पुनः सास्ती भोग्नु पर्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिको अगुवाईमा आज मंगलबार देखि आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गरे पनि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएको घटनाले गर्दा आजको आन्दोलन स्थगीत गरी सोक सभा भएको छ । आज विहान ११ बजे देखि १ बजेसम्म पृथ्बीचोकमा चक्का जाम गर्ने र यातयात व्यावस्था कार्यालयमा घेराउ गर्ने कार्यक्रम तय गरे पनि महासंघका अध्यक्षको निधनले गर्दा आजको कार्यक्रम स्थगीत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिका सचिव धर्मभत्त बरालले बताए । भोलिको आन्दोलनको कार्यक्रम यथावत भएको उनले बताए । बुधबार गण्डकी अञ्चलमा समितिमा आवद्ध भएका सम्पुर्ण सवारी साधनहरु विहान ४ बजे देखि वेलुका ५ बजेसम्म नचलाउने र सेवा ठप्प पार्ने भएका छन । आफ्ना दुई जना व्यावसायीलाई तत्काल नछाडे भोलि थप आन्दोलन गर्ने उनले चेतावनी दिए ।

पोखराको सवारी चाप यातयात व्यावस्थापन तथा वातावरणीय सन्तुलनलाई मध्यनजर नराखि तथा आवश्यकता अध्ययन नगरी मन्त्री परिसदको निर्णयले दिएको रुट प्रमिट तत्काल खारेज हुनु पर्ने माग राख्दै आफुहरु आन्दोलनमा उत्र्रिएको बरालले बताए । कास्की प्रशासनले पोखराको यातयात क्षेत्रमा रहेको विवादलाई अन्त्य गर्न नसक्दा लाखौं पोखरेलीहरुले फेरी सास्ती भोग्नु परेको छ । पोखरा वस व्यावसायीका केहि वसहरुले आज विहान यात्रु झारेर यात्रुहरुलाई अलपत्र अबस्थामा छाडेका थिए । ४ बर्ष पछि विन्ध्यवासिनी वस व्यावसाय समितिले पोखरा उपमहानगरपालीका क्षेत्रमा रुट इजाजत (रुट प्रमिट) पाएसंगै पुराना यातयात व्यावसायीबाट विन्ध्यवासिनी वस माथि ढुगां मुडा प्रहार गर्दै अबरोध गर्दै आएका छन । पोखरा वस व्यावसायी समितिका अध्यक्ष रमेश गिरीले समितिका दुई जना पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको बिरोधमा मंगलबार आफ्ना वसहरु घर ग्यारेज गरेर थन्काएको बताए । आफुना दुई जना व्यक्तिको रिहाई नभएसम्म आफुहरुका वसहरु संचालन नगर्ने उनले चेतावनी दिए । समितिमा आवद्ध २ सय ५१ वटा बसहरु भए पनि दैनिक जसो २ सय २० देखि २ सय ३० वटा वसहरु सार्वजनीक यातयात सेवा संचालन गर्दै आएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button