प्रहरीद्वारा आन्दोलित यातयात व्यावसायीका गाडीको चाबी नियन्त्रणमा

पोखरा, ६ फागुन – 

पोखरा सहित गण्डकी क्षेत्रमा आज देखि अनिश्चितकाल चक्का जामको घोषणा गरे पनि बिहानै देखि पोखराका मुख्य चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीले गर्दा फाट्य फुट्य सवारी साधनहरु चल्न थालेका छन । कास्कीका प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालले अब कसैले नियोजित ढंगले सडक अबरोध गर्न खोजे आफुहरुले टुलुटुलु हेरेर नबस्ने यस्ता कुनै पनि व्यवसायीहरु बिरुद्ध प्रशासन खरो रुपमा उत्र्रिने चेतावनी दिएका छन ।

उनले भने “सडक हामी सबैको हो, आफ्ना माग पुरा गर्न वार्ता र छलफलको विकल्प हुदा हुदै कसैले नियोजित ढंगले आम चक्का जामको आव्हान पनि गर्ने अनि आफैले गाडी चलाएर गाडीहरु सडकमा राखेर सडक अबरोध गर्न खोज्ने यस्ता बिरुद्ध हामी खरो रुपमा उत्र्रिदैछौं । ” बिहानै ४ बजे देखि पोखराको सुरक्षा व्यावस्थालाई चुस्त दुरुस्त पार्न पोखराका विभिन्न क्षेत्रमा जनपथ प्रहरी सहित सशस्त्र प्रहरीहरुको व्यवस्था मिलाएको एसपी पालले बताए । कुनै सवारी साधनहरुलाई सडकमा अबरोध गर्न आफुहरुले अब नदिने उनले बताए । एक हजार जना भन्दा बढी सुरक्षाकर्मिहरु पोखरा क्षेत्रमा खटाइएको प्रहरी श्रोतले जनाएको छ । चक्का जाम गर्ने संस्थाहरुले आम सार्वजनीक रुपमा जवसम्म चक्का जाम खुलेको घोषणा गर्दैनन तव सम्म उनीहरुसंग आवद्ध भएका कुनै पनि सवारी साधनहरुलाई सडक छेउ तथा कुनै खाली ठाँउमा लगेर व्यबस्थापन गर्ने उनले बताए । यदी उनीहरुले आम रुपमा चक्का जाम फिर्ताको घोषणा भएको खण्डमा मात्र आफुहरुसंग नियन्त्रणमा भएका गाडीको चावी दिने एसपी पालले जनाए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिले पोखरामा रुट इजाजत पाएको विन्दवासिनी वस यातयात व्यावसायी समितिको संस्था तथा रुट खारेजीको माग गर्दै आज विहिबार देखि पोखरा सहित गण्डकी क्षेत्रमा अनिश्चित कालिन चक्का जामको घोषणा गरेको छ । गिरफ्तारमा परेका आफ्ना दुई जना व्यवसायीहरुको रिहाई बिना आफुहरुको आन्दोलन नरोकिने र वार्ता समेत नहुने अञ्चल समितिद्धारा गठिन आन्दोलनका प्रवक्ता योगेन्द्र केसीले बताए । प्रहरीले बिहानै आफ्ना गाडीहरुको चाबी खोसिनु प्रहरीले नै बन्द गरेको उनले आरोप लगाए । चक्का जामको क्रममा आन्दोलनरत व्यवसायीहरुले दुई पाङग्रे सवारी साधन र स्कुल-कलेज बसलाई भने कुनै अबरोध नगर्ने बताएका छन।

यता मंगलबार र बुधबार निशुल्क सेवा दिएको विन्दवासिनी बस व्यावसायी समितिले भने आज सुरक्षाकर्मीको साथमा सुरक्षा पाएको खण्डमा आफुहरुले सेवा दिने समितिका अध्यक्ष समबहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button