पोखरामा खुल्ला प्याराग्लाइडीङ प्रतियोगिताको साथमा प्रि–वल्र्ड कप हुने

पोखरा, ६ फागुन –

पर्यटन र साहासिक खेलकुदको राजधानि पोखरामा १७ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाईडीङ प्रतियोगिताको साथमा प्याराग्लाईडीङको प्रि–वल्र्ड कप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था पोखरा (ना) को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा यही फागुन १५ देखि उक्त प्रतियोगिता पोखरामा संचालन हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा नेपाल सहित ३५ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुने भएको ना का सचिव एवं प्रि—वल्र्डकपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । उनका अनुसार डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको रयाङकिङको आधारमा छनौट गरीने भएको छ । प्रतियोगितामा ३० जना नेपालीको लागि कोटा छुट्याए पनि हालसम्म १० जनाले मात्र नाम दर्ता गराएको उनले बताए । हालसम्म एसियाली मुलुकका अधिकाशं प्याराग्लाईडीङका पाईलटहरुले नाम दर्ता गराए पनि यस वर्ष भने युरोपियन मुलका पाईलट अघिल्लो बर्षको तुलनामा केहि कम सम्पर्कमा आएको संयोजक भण्डारीले जनाए । प्रतियोगितामा सहभागिताको लागि अन्तिम नाम दर्ता फागुन १४ गतेसम्म गराउन सकिने आयोजकले जनाएको छ ।

नेपाल खुल्ला प्यारग्लाईडी प्रतियोगिता सहित ५ वटा ईभेण्टमा प्रतिष्प्रर्धा हुदै छ । खुल्ला तर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेश्रो स्थान हासिल गरेको विजेताले ३० हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र वितरण गरीने भएको छ । त्यसै गरी नेपालीहरु बिचको प्रतिष्प्रर्धामा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने दुई जनालाई जनहि पाँच पाँच हजार साथमा ट्रफि वितरण हुने भएको हो । महिला र स्पोर्ट क्लासतर्फको विजेतालाइ जनहि ३०-३० हजार, उपविजेतालाई २०-२० हजार र तेश्रो हुनेलाई १०-१० हजार साथमा ट्रफि वितरण हुने भएको छ भने वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफि मेडलको साथमा पुरस्कार वितरण गरीने भएको छ।

फागुन २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताले आगामी बर्ष नेपालमा प्याराग्लाईडीङ खेलको विश्व कप हुने तयारी स्वरुप प्रि–वल्र्ड कप आयोजना हुन लागेको ना का सचिव एवं प्रि—वल्र्डकपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए ।

अघिल्लो वर्ष पनि आयोजना भएको प्रि–वल्र्ड कपले सुरक्षा तथा रेस्क्युको कारण सहित प्राविधि समस्या भएकोले प्रि–वल्र्ड कपको मान्यता पाउन नसकेको कारणले गर्दा यस बर्ष सुरक्षा सहित रेस्क्यु एवं प्राविधिक हिसाबले निकै मजबुत पारिएको प्राविधिक संयोजक रविन गुरुङले बताए । मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विगत १६ बर्षदेखि खुुल्ला प्याराग्लाइडिङ्ग प्रतियोगिता गर्दै आएको ना ले विगत तीनबर्ष देखि प्रि–वल्र्ड कपको तयारी स्वरुप एफएआइ क्याटागोरी टु (FAI Category II) अन्तराष्ट्रीय स्तरको च्याम्पियनसिप गरी सकेको प्राविधिक संयोजक गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न ५६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरीएको छ । उक्त रकम यस संस्थाका सदस्य कम्पनीहरु, नेपाल पर्यटन वोर्ड र सहभागिता शुल्कबाट परिपुर्ति गर्ने लक्ष्य राखिएको सचिवालय संयोजक रिजन रिजालले बताए ।

पाईलटहरुले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी फेवातालको आकास हुदै खपौदीमा अवतरण गर्ने भएका हुन । उक्त प्रि–वल्र्ड कपको लागि वल्र्डकप कमिटिबाट प्राविधिकले स्थलगत अवलोकन समेत गर्ने भएको प्राविधिक टोली समेत आइ सकेको आयोजकले जनाएको छ । फागुन १५ गते देखि एक सातासम्म व्यावसायीक रुपमा प्याराग्लाईडीङको खेल व्यावसायीक उडान नहुने नाले जनाएको छ । यस बर्षको सुरुवातमै विनाशकारी भूकम्प त्यस पछि तराई मधेस आन्दोलन र भारतीय नाकावन्दीले प्रभावित भएको नेपालको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केहि हदसम्म भए पनि माथि उठाउन सक्ने आफुहरुले विश्वास लिएको प्रचार संयोजक सोवित वानियाले बताए । पोखरामा हाल ६० भन्दा प्याराग्लाईडीङ कम्पनीहरु रहेका छन भने १ सय १२ जना लाईसेन्स प्राप्त पाईलट र उत्तिकै सङख्यामा सोलो पाईलट तथा सिकारु पाईलटहरु रहेको बताइन्छ ।

ना का सचिव कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा उक्त प्रतियोगिताको मुल आयोजक समिति गठन गरीएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उप–समिति गठन भएको छ । सचिवालय संयोजकमा रिजन रिजाल, अर्थ संयोजकमा सुनिल भट्टराई, प्राविधिक संयोजकमा रविन गुरुङ, यातयात व्यावस्थापन समितिमा मान बहादुर क्षेत्री, खोज तथा उद्धारमा नरेस कुमार राई, छपार्ई तथा मसलन्दमा अनिल केसी, संचार तथा मेडीकल संयोजकमा सोवित वानिया, अतिथि सत्कारमा योगेश भट्टराई र कृष्ण भण्डारी, स्वयमसेवक परिचालनमा खुम बहादुर गुरुङ, खाजा तथा खाना एवं समापन समारोह व्यवस्थापनमा धिरज (खुवबहादुर) गुरुङ, टेकअफ व्याबस्थापनमा प्रकाश गुरुङ, मिट द डाईरेक्टरमा ईगोर ट्रिनिटीप (रसिया) संचार सेट व्यवस्थापन संयोजकमा रामराज गौतम रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button