प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रको स्वाधिनता माथि आच आउने कुनै प्रकारको सम्झौता हुदैन – मन्त्री राई

पोखरा, ६ फागुन –

सूचना प्रविधि तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा राष्ट्रिय हित वितरित कुनै सम्झौता नहुने बताएका छन । प्रेस चौतारी कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले भोलि शुक्रबारदेखि हुने प्रधानमन्त्रीको भ्रमणको क्रममा राष्ट्रिय र स्वाधिनता माथि आच आउने कुनै प्रकारको सम्झौता हुनै नसक्ने दाबी गरेका हुन ।

उनले भने “ प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार र विकाससँग सम्बन्धित विगतका सम्झौतालाई कार्यान्वयन गराउनेतर्फ केन्द्रित हुने छ । ” सबै नेपालीको शिरउचो हुने गरी आर्थिक र विकासको एजेन्डालाई प्राथमिकता राखेर भारतसँग वार्ता हुने दाबी गर्दे मन्त्री राईले पहिले देखि चिसियको सम्बन्धलाई यस पटकको भारत भ्रमणले भोलिको दिनमा समेत सम्वन्ध सुदृण हुने अपेक्षा गरे ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले नेपालको आर्थिक विकास र समृद्धिसँग जोडिएको विगतमा भारतसँग भएका सम्झौतालाई कार्यान्वयन गराउन ठोस पहल हुने जनाए । भारत भ्रमणपछि प्रधानमन्त्री ओलीले अर्को छिमेकी देश चीनको भ्रमण गर्ने उनले बताए । एक वर्ष भित्र लोडसेर्डिङ कम गरी जनताले महशुस हुने गरी काम गर्नको लागि सरकारले काम थालेको बताउदै उनले दुई बर्ष भित्रमा उर्जा संकटबाट देशलाई मुक्त गराउदै जनताले महुस हुने गरी काम गर्नको लागि गृह कार्य सुरु भई सकेको मन्त्री राईले बताए । संविधान निर्माणपछि देश अब आर्थिक समृद्धितर्फ अगाडि बढेकोले दिगो विकासलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम बनाउने उनले जनाए । मन्त्री राईले सञ्चार नीति परिर्वतन गर्नुपर्ने आवश्यकता बताउदै ‘समय सुहाउँदो सञ्चार नीति बनाउनका लागि कार्यदल गठन भएको जनाए । पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि आम सञ्चार प्रतिष्ठान निर्माणको काम पनि अगाडि बढेको बताउदै मन्त्री राईले आफ्नो प्रस्तावमा सञ्चार संग्राहालय स्थापना गर्नेतर्फ पनि सरकार लागेको जनाए ।

मन्त्री राईले पोखरा आसपासमा देखिएको अपराधिक घटना र यातायात क्षेत्रमा देखिएको समस्याको कानुन बमोजिम उपाय खोज्न क्षेत्रिय प्रशासन तथा स्थानीय प्रशासनलाई निर्देशन दिएका छन । उनले भने “उद्योगी व्यवसायीले लेखनाथमा महोत्सव गर्ने र यातायात व्यवसायीले चक्काजाम गर्ने सुहाएन, विवाद जे भए पनि चक्का जाम राम्रो कदम भएन यसमा प्रशासकहरुले जनतालाई सेवा दिने हिसाबले विवाद टुंगाउनु पर्छ, कसैले कानुन मिच्न खोजेको छ भने प्रशासक डराउन हुदैन । ” शान्ति, सुरक्षालाई कडाइका साथ पालना गराएर कदम चाल्न क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाए । कानुन भन्दा कोहि माथि जान खोजे सरकारले त्यस्ता कुनै व्यक्ति तथा संस्थालाई छुट नदिने मन्त्री राईले चेतावनी दिए । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत राम्जी शर्मा र कार्यक्रमको संचालन सचिव अर्जुन गिरीले गरेका थिए । मन्त्री राई हिजो देखि लेखनाथमा सुरु भएको लेखनाथ महोत्सवको उद्घाटन गर्न पोखरा आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button