राष्ट्रवादी नेता कार्कीको अन्त्यष्टी आइतबार हुने राप्रपा नेपाल कास्कीको आकस्मिक बैठक सम्पन्न

पोखरा, ७ फागुन –

राष्ट्रवादी नेता तथा राप्रपा नेपालका बरिष्ठ सल्लाहकार लक्ष्मण कार्कीको अन्त्यष्टी आइतबार हुने भएको छ । बिहीवार बिहान स्वर्गारोहण हुनुभएका कार्कीको एक छोरा अमेरिका भएको हुनाले छोरा आएपछि कार्कीको दाहसंस्कार आइतबार गरिने भएको हो ।

राप्रपा नेपालका बरिष्ठ नेता लक्ष्मण कार्कीको मृत्युले पार्टीले एउटा खम्बा तथा एक अभिभावक गुमाएको शुक्रबार सम्पन्न राप्रपा नेपाल कास्कीको आकस्मिक बैठकले ठहर गरेको छ । जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा स्वर्गीय कार्कीको अन्त्यष्टी तथा श्रद्धाञ्जली व्यक्त गर्न केन्द्रीय तहका राष्ट्रवादी नेताहरु र नेपाल सरकारका माननीय मन्त्री आउने जानकारी दिइयो । हरेक वडामा राप्रपा नेपाल भन्ने अभियान चलिरहेको अवस्थामा कार्कीको निधनले उक्त कार्यक्रम केही समयको लागि स्थगन गरिएको समेत अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो ।

९२ वर्षको उमेरमा निधन हुनुभएका कार्की पोखराकोपुरानो साँघमुख बजारमा कपडा व्यवसायीका रुपमा प्रवेश गरी वि.सं.२००० सालदेखि नै सामाजिक क्षेत्रमा समर्पित हुनुभएको थियो । उहाँले काहुँ कुँडहरको मौजाको अवैतनिक चिताइदार डिठा, छिनेडाँडा गाउँ पंचायतको प्रधानपन्च, पोखरा नगर पंचायतको उपप्रधानपन्च र २०३८ सालमा कार्यवाहक प्रधानपन्च समेत रहनुभएको थियो । २०४६-०४७ को परिवर्तनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको संस्थापन रहनुभएका उहाँ हाल राप्रपा नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य रहनुभएको थियो ।

आइतबार बिहान ९ बजे विशेष शववाहन सहित झण्डा, फोटो गाडीमा राखी सवयात्रा मणिपाल, नदीपुर, महेन्द्रपुल, नयाँबजार पार्टी कार्यालय हुँदै, पृथ्वीचोक, अमरसिंहचोक, चाउथे हुँदै उहाँको निवासमा श्रद्धाञ्जली दिई घाटमा लगि दाहसंस्कार गरिने भएको राप्रपा नेपालका अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाज नेपालका अध्यक्ष सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

बैठकमा जिल्लाका पदाधिकारीहरु, नगर अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु, जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । साथै सम्पूर्णलाई शवयात्रामा सरिक हुन राप्रपा नेपाल कास्कीले आह्वान समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button