पर्वत फागुन २३ देखि छैटौं पश्चिमाञ्चल महिला महोत्सवको आयोजना हुने

पोखरा, १० फागुन –

पर्वतको रेडियो दिदीबहिनको आयोजनामा फागुन २३ देखि छैटौं पश्चिमाञ्चल महिला महोत्सवको आयोजना हुने भएको छ । रेडियोकोे आठौं वार्षिकोत्सव तथा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी फागुन २६ गते सम्म पर्वतको बान्द्रेविडीचौर कुश्मा उक्त महोत्सव हुने भएको पोखरामा सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महिलाहरुलाई उद्यमशिलता तथा सशक्तीकरणको लागि उक्त महोत्सव यस बर्ष पनि निरन्तरता दिन लागेको रेडियोका अध्यक्ष कल्पना चापागाईले बताईन ।

महोत्सवमा, रत्यौली तथा भजन प्रतियोगिता, विद्यालय स्तरीय सामूहिक नृत्य, बत्तृत्वकला, विभिन्न समूह, संस्थाबीच झाँकी र रयाली, टपरी गाँस्ने, शैक्षिक सामग्री, नौमती बाजाको प्रस्तुती, निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम समावेश गरिएको अध्यक्ष चापागाईले जनाईन ।

कार्यक्रममा सफल उद्यमीहरुलाई सम्मान, कृषिजन्य उत्पादनको प्रदर्शनी पनि हुने भएको छ । महोत्सवमा पर्वत जिल्लाको मात्र नभई छिमेकी जिल्लाबाट समेत सहभागि हुने भएको आयोजकको अपेक्षा छ । महिलाहरुले सञ्चालन गरेको पश्चिमाञ्चलकै पहिलो रेडियोले धेरै बाधा अवरोह पार गर्दै यहाँ सम्म आईपुगेको चापागाईले पत्रकार सम्मेलनमा जानकारी गराईन । रेडियोले हरितालिका तीज र महिला दिवसको अवसरमा महिला महोत्सव गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button