बैंक तथा वित्त

नेफ्स्कूनले पोखरामा फिल्ड कार्यालय खोल्ने

पोखरा, १० फागुन –

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले पोखरामा फिल्ड कार्यालय खोल्ने भएको छ । आगामी बुधबार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापन उपसमितिका सदस्य तथा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले जानकारी दिए ।

कार्यालयको शुभारम्भसँगै सदस्यता वितरण र कारोबार प्रारम्भ पनि हुनेछ । कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थालाई कार्यालयले वित्तीय कारोबार, तालिम र सहकारी सम्बन्धी अन्य गतिविधिहरुमा सहयोग पुरयाउनेछ । कार्यालय उद्घाटनसँगै सहकारीकर्मीहरुको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि हुने गुरुङले जानकारी दिए ।

नेफ्स्कूनले केन्द्रीय कार्यालयबाहेक देशका विभिन्न स्थानमा १० वटा फिल्ड कार्यालय खोलिसकेको नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिए । ७३ जिल्लामा कारोबार गरेको संघले करिब २ हजार २ सय सहकारी संघसंस्थालाई समेटेको छ । नेफ्स्कूनले हालैमात्र काठमाडौंको नयाँ बानेश्वरमा जग्गा खरिद गरी आफ्नै भवन बनाउने तयारी गरेको छ । संघमार्फत हाल २ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भइरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top