जारी लेखनाथ महोत्सवमा सातौ दिनसम्म आइपुग्दा एक लाख ५० हजार दर्शकको उपस्थिति

लेखनाथ,११ फागन – 

कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सव सातौ दिनसम्म आइपुग्दा साढे सात करोड रुपैयाको कारोबार भएको । यसैगरी एक लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सव आयोजक प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सातौ दिन मंगलबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने १ करोड रुपैयाको कारोबार भएको छ ।लेखनाथ र परिसरका गाविसका बासिन्दाले लेखनाथमा आयोजना हुने महोत्सवलाई आवश्यक सामाग्री खरिदका लागि बार्षिक क्यालेण्डरमै समेट्ने गरेको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले बताए । लेखनाथमा महोत्सवको विकल्प छैन, दर्शकको उत्साहजनक उपस्थितिबाट हौसिएका त्रिपाठीले भने—‘अव खाँचो छ त स्थायी प्रदर्शनीस्थलको ।’

महोत्सवले विशेषगरी किनमेल र मनोरञ्जनका लागि मध्यम वर्गिय उभोक्तालाइ आकर्षण गर्ने गरेको छ । सस्तोमा उपभोग्य सामाग्रीहरु, गार्मेन्ट, भाडा, हस्तकलाका सामाग्री उनिहरुको रोजाईमा पर्ने गरेको छ । खानाका परिकार स्वाद र मनोरन्जनका लागि पनि एकथरी दर्शक महोत्सव आउने गरेका छन् ।

दैनिकजसो ख्यातीप्राप्त कलाकारको प्रस्तुती रहने महोत्सवमा गित संगितका पारखीहरु पनि उत्तिकै रहने गरेका छन् । सचिवालय अगाडी भेटिएका लेखनाथ ८ शिशुवाका मोहम गुरुङ्गले सोध्दै थिए, यसपाली शिव परियार आउँछन् की आउँदैनन् ? उनि आफु शिव परियारले गाउने गजल शैलीका गितबाट प्रभावित भएको भन्दै रोजाईको गायक सोधेको बताए । महोत्सव स्थलमा भेटिएका लेखनाथ १३ का शम्सेर वहादुर वि.क. ले साता भरिको कामको थकाई महोत्सवको मनोरन्जनले मेटाउने गरेको बताए ।

प्रचार प्रसार उपसमितिका संयोजक अधिकारीले गत बर्षको भन्दा झण्डै डेढ महिना ढिलो शुरु भएको महोत्सवलाई मौसमले पनि साथ दिएको बताए । उनले चर्को घामले असर गर्ला की भनेको महोत्सव शुरु भएबाटै सितलो दिन परेकाले मौसमले पनि चुनौती दिन नसकेको उल्लेख गरे ।

महोत्सव स्थलमै भेटिएका लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी भन्दै थिए, सुन्तला महोत्सवबाट शुरु भएको महोत्सव अहिले बृहत औद्योगिक व्यापार मेलामा परिणत भएको छ । अधिकारीले महोत्सवमा स्थानीय उत्पादनका सुन्तलाका लागि सिजन प्रतिकुलता भएको बताउँदै अर्को बर्ष सुन्तलाको सिजन पनि छोप्नु पर्ने बताए । उनले अवका महोत्सवमा सूचना र प्रविधिलाई अर्को महोत्सवमा विशेष ढंगले प्रस्तुत गर्नु पर्नेमा जोड दिए ।

अमेरिका बसाईबाट हालैमात्र आएका र लेखनाथ महोत्सवमा भेटिएका लेखनाथका संस्थापक मेयर शालिग्राम पौडेलले बर्षको एक पटक हुने महोत्सवले सांस्कृतिक एकतामा बाँधेको अनुभव सुनाए ।

महोत्सवमा मंगलबार मोदी शैलीमा स्टेजमा उत्रिएका मनोज गजुरेलले दर्शकहरुलाई मस्त मनोरन्जन दिलाएका थिए । उनले मोदीलाई कसेर व्यंग गरेका थिए । यसैगरी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले दर्शकलाई थप झुमाएका थिए । न्यौपानेलाई कुमार पुन, रामजी पौडेल, मञ्जु वि.क., अनिता चलाउने, लक्ष्मी नेपालीले साथ दिएका थिए । यसैगरी युवापुस्तालाई लोकप्रिय संगितकार बसन्त सापकोटा, शहिमा श्रेष्ठ, सन्तोष बस्यालले थप मनोरन्जन दिलाएका थिए । महोत्सवमा बुधबार युवापुस्ताका चर्चित गायक प्रमोद खरेललाई आयोजकले स्टेजमा उतार्ने भएका छन् ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि भन्ने नाराका साथ प्रस्तावित रंगशाला लेखनाथ १ भण्डारढिकमा जारी महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवा, कृषि, हस्तकला, खाद्यान्न फुड फेस्टिबल, सूचना र प्रविधी, अटो लगायतका ३ सय भन्दा बढी स्टल राखिएका छन् ।

गण्डकी तारामा उत्कृष्ट १५ को छनौट

लेखनाथ महोत्सवको मुख्य आकर्षण लुकेका प्रतिभाको खोजी अभिायन अन्र्तगत गण्डकी तारा प्रतियोगितामा १५ जना प्रतिस्पर्धी छनौट भएका छन् । उनिहरुले बुधबार देखी स्टेजमा गायन कला प्रस्तुत गर्नेछन् ।

छनौट हुने १५ जनामा शुनिल गुरुङ्ग, राम घर्तिमिरे, अदिति शर्मा, ममता गुरुङ्ग, जीत बहादुर गुरुङ्ग, सोनु कुमार बि.क, कुशल पोखरेल, एम डी काफ्ले, राजिव परियार, शुनिल थापा, सरिता पौडेल, रोहित गुरुङ्ग, अनिल वि.क., प्रकाश तामाङ्ग र कञ्चन राई रहेका छन् ।

गण्डकी ताराको निर्णायकमा संगितकार बसन्त सापकोटा, नवराज बराल र पशुपति गुप्ता रहेका छन् । गण्डकी ताराका बिजेताले संगितकार बसन्त सापकोटाको संगितमा गित रेकर्ड गर्न पाउने गण्डकी ताराका संयोजक भक्तवहादुर के.सी ले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button