लेखनाथ महोत्सवको रात्रीमा झुमे दर्शक

लेखनाथ, १३ फागुन – 

जव साँझ ढल्दै जान्छ, टिकट विक्री पनि ह्वात्तै बढ्छ । क्षणभरमै खाली मैदान युवा दर्शकले भरिन्छ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सवमा साँझको समय युवामय बन्ने गरेको छ । दिन लामो र साँझपख शितल हुने भएकाले दर्शकहरु पप कन्र्सट हेर्न महोत्सवमा झुम्मिने गरेका हुन । युवा पुस्ताका दर्शकलाई लक्षित गर्दै, आयोजकले चर्चित पप गायकलाई स्टेजमा उतार्ने गरेका छन् । प्रमोद खरेल, मिलन अमात्य, मनोज गुरुङ्ग, नरजंग गुरुङ्ग, मेलिना राई लगायतले युवाको साँझलाई रंगिन बनाएका थिए ।

साँझ पख दर्शको चाप बढ्दै गएपछि आयोजकले पनि चर्चित कलाकार स्टेजमा उतार्ने गरेका हुन । यस्तै शुक्रबार पनि चर्चित पप गायक सुगम पोखरेलले युवापुस्तालाई साथ दिए । हेल्लो लेखनाथ भन्दै पोखरेल मञ्चमा उक्लिए पछि दर्शकले चर्को हुटिङका साथ समर्थन गरे । दशै तिहारको गितबाट शुरु गरेका पोखरेलले जव, फेरी त्यो दिन सम्झन्न चाहान्न, यही कथा म दोहोर्याउन चाहान्न गाएका थिए युवाहरु मस्तीसँग झुमेका थिए । उनले आधा दर्जन गित संगित प्रस्तुत गरेका थिए । आयोजकले शनिबारलाई दर्शक बढी भित्र्याउन शिव परियार लगायतका कलाकार स्टेजमा उतार्ने रणनीति बनाएका छन् । चर्चित कलाकारको प्रस्तुतीले दर्शकको चाप बढेपछि साँझपख रेष्टुरेण्टको व्यापार पनि राम्रै हुने गरेको छ ।

१२ औं लेखनाथ महोत्सवको दशौं दिनसम्म आइपुग्दा १४ करोड रुपैयाको कारोबार भएको छ । महोत्सवमा दुई लाख ४५ हजार दर्शकले अवलोकन गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सव सकिन दुई दिन बाँकी छदा दर्शकले समेत साथ दिएका छन् । शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, राजन ठकुरी, माधव चापागाइ, कल्पना दाहाल, ज्योति लोहनी, जानकी मगर, जिवन दाहाल, शिवहरी ढुंगाना लगायतले दर्शकलाई साथ दिएका थिए । भने हास्यव्यंग तर्फ राजा राजेन्द्रको प्रस्तुती उत्कृष्ट रह्यो ।

गण्डकी तारामा उत्कृष्ट पाँचको छनौट

महोत्सवको मुख्य आकर्षण गायन विधाको गण्डकी तारा प्रतियोगितामा शुक्रबार सातजनाबाट ५ जना छनौट भएका छन् । प्रतियोगितामा अनिल वि.क, राम घर्तिमिरे, अदिती शर्मा, कुशल पोखरेल र सोनु कुमार वि.क छनौट भएको गण्डकी ताराका संयोजक भक्तवहादुर के.सीले जानकारी दिए ।

गण्डकी ताराको विजेता सहित उत्कृष्ट छनौट भएकालाई चर्चित संगितकार बसन्त सापकोटाले चलचित्रको गितमा मौका दिने भएका छन् ।

चाइल्ड ट्यालेन्ट सोमा उत्कृष्ट घोषणा

यसैगरी चाइल्ड ट्यालेन्ट सो को गायन विधामा मदरल्याण्ड उच्च मा.वि का शिक्षा कार्की प्रथम भएकी छन् । प्रतियोगितामा भ्यूप्वाईन्ट वोर्डिङ स्कुलका अंसु गुरुङ्ग द्धितिय, गोगन उच्च मा.विका रन्जीत वि.क तृतिय र बागमारा एकेडेमीका करुणा सुनार र स्माइल हेभेनका दिक्षा वि.क सान्तवना भएका छन् ।

प्रतियोगिताको नृत्य विधामा कञ्चनजंगा वोर्डिङ स्कुलका प्रकृति थापामगर,, करुणानिधिका स्वाहाना खत्री द्धितिय, भास्कर मेमोरियलका एलिना पुन तृतिय भएकी छन् । डायमण्डका प्रतिक्षा राना र नवदिपका स्नेहा गुरुङ्ग रहेका सान्तवना भएका छन् । प्रतियोगिताका विजेता प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतियले ५ हजार र सान्तवनाले २ हजार रुपैया पुरस्कार पाउने चाइल्ड ट्यालेन्ट सोका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button