लेखनाथ महोत्सवको ११ औं दिन शनिबार ३ करोडको कारोबार

लेखनाथ, १५ फागुन – 

कास्कीको लेखनाथमा जारी १२ औं लेखनाथ महोत्सवको ११ औं दिन शनिबार मानव सागर उर्लिएको छ । महोत्सवमा एकै दिन ६० हजार दर्शकले अवलोकन गरेका छन् । त्यसैगरी महोत्सवमा शनिवार मात्रै ३ करोड रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

विहान १० बजे देखी शुरु भएको दर्शकको आगमन साँझ ७ बजेसम्म जारी रहेको थियो । साँझ पख चर्चित गायक शिवपरियारको गित संगितका लागि बेलुका दर्शकहरुको चाप बढेको थियो । दर्शकको अधिक चाप हुँदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । यसअघिका लेखनाथ महोत्सवमै शनिवारको दर्शकको उपस्थितिलाई सर्वाधिक धेरै मानिएको छ । दर्शकको उपस्थिति आयोजकले अनुमान गरेभन्दा धेरै भएपछि व्यवस्थापन गर्न कठिनाई भएको गेटव्यवस्थापन उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिए । महोत्सव स्थलमा दर्शक नअटेपछि सहज बर्हिगमनका लागि सवै आपतकालिन द्धारहरु खोल्नु परेको बताए ।

lekhnath festival 2

महोत्सव झण्डै २० करोडको कारोबार र तीन लाख भन्दा बढी दर्शकको अवलोकनका साथ आइतबार समापन हुँदै छ । क्षेत्रिय प्रशासक शंकर कोइरालाले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिए ।

महोत्सवको मुख्य आर्कषण गण्डकी ताराको फाइनल समेत शनिवार सम्पन्न भएको छ । त्यसको नतिजा भने आइतबार समापन कार्यक्रममा सार्वजनिक गरिने प्रतियोगिताका संयोजक भक्तवहादुर के.सी ले जानकारी दिए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन र समृद्धि भन्ने नाराका साथ फागुन ५ गते देखी १६ गतेसम्मका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् । समापन कार्यक्रममा विभिन्न प्रतियोगिताका विजयी तथा महोत्सवका विभिन्न इभेन्ट विजेतालाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button