राष्ट्रियता बचाउनलाई सरकारमा – राज्यमन्त्री शाही

पोखरा, ८ बैशाख –

राष्ट्रियता बचाउनको लागि राप्रपा नेपाल सरकारमा गएको स्थानिय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले बताउनुभएको छ ।

ल्वाङघलेल तक्रागाउँ स्थित नमक्यू बराह आमा समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै हरेक किसिमका समस्यालाई केन्द्रमा पुरयाइदिन जिल्ला स्थित नेतृत्व वर्गहरुलाई आग्रहसमेत गर्नुभयो । राप्रपा नेपालले स्थानीय निकायको जिम्मा लिइसकेपछि जनताको काम छिटो, छरितो हुनुपर्ने बताउँदै स्थानीय निकायलाई भ्रष्टाचाररहित बनाउन पहल गरिसकिएको बताउनुभयो ।

कार्यक्रमका बोल्दै जिल्ला अध्यक्ष जयलाल पुनले चिनबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले काठमाण्डौ सम्म ल्याउनु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारका प्रम केपी ओली पोखरा ल्याएर शिलान्यास गरेको बताउनुभयो ।

raprapa

कार्यक्रममा धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलुले ल्वाङघलेल गुरुङ्ग जातिको बाहुल्यता भएको स्थानमा गुरुङ भाषामै आफ्ना मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा बरिष्ठ केन्द्रीय सदस्य चन्द्र बहादुर गुरुङ्ग, अञ्चल संयोजक तथा केन्द्रीय सदस्य डा.भीमसेन गुरुङ्ग, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुणबिक्रम राणा, जिल्ला सदस्य विजुली प्रसाद गुरुङ्ग, समाजसेवी रामप्रसाद गुरुङ्ग, डम्बरकुमारी गुरुङ्ग, गाविस सचिव टिकाराम आचार्य लगायतले बोल्नुभएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

नमक्यू बराह आमा समूहका अध्यक्ष कुन्तीकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाविस इकाई अध्यक्ष पूर्ण बहादुर गुरुङ्गले संचालन गर्नुभएको थियो । उक्त अवसरमा पार्टीका जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button