प्रमको राजीनामा पर्खिरहेका छौँ – सभापति देउवा

काठमाडौँ, २९ असार –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेका संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको आज बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उहाँले नेकाले प्रम ओलीको राजीनामा पर्खिरहेको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

नयाँ बानेश्वरस्थित संसद्भवनमा सो बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले एमाले त तपार्इंलाई प्रम पदमा प्रस्ताव एवम् समर्थन गर्दैछ हो रु भन्ने जिज्ञासामा सो प्रस्ताव ढिलो भयो भन्ने जवाफ दिनुभयो ।

उहाँले संविधान कार्यान्वनका लागि दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा नेका सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।

सत्ता साझेदार नेकपा९माओवादी केन्द्र०ले मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न नेका र केन्द्रका बीचमा सहमति भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button