सरकार परिवर्तन मुलुकको हितमा छैन – बिजुक्छे

भक्तपुर, २९ असार –

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन मुलुकको हितमा नभएको बताउनुभएको छ ।

रफत् सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयनलाई छाडेर भएको सत्ता परिवर्तनको खेल देश कै लागि घातक भएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले सरकार परिवर्तनले मुलुकमा भूकम्पपछिको पुनःनिर्माण, मधेसका समस्या समाधान र संविधान कार्यान्वयनलाई अघि बढाउन कठिन हुने बताउनुभयो । संवैधानिक जटिलताका कारण नयाँ सरकार गठन सहज नहुने उहाँको भनाइ थियो ।

नयाँ बन्ने सरकारले छिमेकी चीनसँग गरिएको सम्झौताको कार्यान्वयनमा अग्रसर नभए नेपाल र नेपालीले ठूलो नोक्सान व्यहोर्नुपर्ने चेतावनी दिँँदै उहाँले अब बन्ने सरकारले ती सम्झौता कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button