जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, ५ साउन –

६२ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा जमुनी–१ बस्ने ४१ बर्षीय धन बहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोमबार सोही ठाउँ बस्ने ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भनी पीडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय मैनापोखरमा निबेदन दिएपछि खटिएको प्रहरीले राना मगरलाई पक्राउ गरेको हो ।

पीडित महिलालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button