पोखराको फेवातालमा डुंगा पल्टिदा २ जना वेपत्ता, ६ को उद्दार

पोखरा, २४ साउन –

पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टिएको छ ।

डुंगामा ८ जना नेपाली सवार रहेकोमा ६ जनाको उद्दार गरिएको छ  भने बाकी  २ जना तालमा हराएका  छन् ।   वेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको छ ।  हल्लनचोक पछाडी तालको मध्य भाग तिर डुंगा शयर गरिरहेका बेला उक्त डुंगा पल्टिएको हो ।

उद्दारमा संग्लन डुंगा व्यवसायी समितिका एक पदाधिकारीका अनुसार  उनीहरु लाइफ ज्याकेट बिना डुंगामा शयर गरेका थिए । क्षमता भन्दा बढी व्यक्ति डुंगामा सवार गरेका कारण उक्त घटना घटेको उनले बताए।

तालमा डुबेका मध्ये ३ जनालाई पानी भित्र डुबी सकेपछि टाउकोमा समातेर  उद्दार गरिएको उद्दारमा संग्लन सन्दिपले बताए । उनीहरु सवार डुंगा डुंगा व्यवसायी समितिको नभई ताल पारीको एक रेस्टुरेन्टको रहेको थाहा हुन आएको छ  ।डुंगा व्यवसायी समितिले बिना लाइफ ज्याकेट डुंगा शयर गर्न नदिने  जनाउदै आएको छ ।

उद्दार पश्चात घाइतेहरुको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनिहरु मध्ये  दुइ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button