मोडल्स ब्याटलको अडिसन भदौ ९ गते पोखरामा हुने

ढाकामोहन बराल (गणेश )

 पोखरा, ०७ भदौ –

नेपाल मोडल प्रा.लि को  आयोजनामा नेपालमै  पहिलो पटक पोखरामा ‘मोडल्स ब्याटल’ हुने भएको छ । मोडलिङ क्षेत्रमा केहि गरौ भन्नेहरुका लागि लक्ष्यित गरिएको प्रतियोगितामा १८ बर्ष देखी २८ बर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन पाउनेछन् । सहभागीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ सहभागीले खारिएर आफु को हु भन्ने आफै चिन्न सकोस भन्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागेको कम्पनीका  अध्यक्ष जिपी तिमिल्सिना बताए   ।

प्रतियोगिताको अडिसन यही भदौ ९ गते पोखराको हल्लनचोकस्थित नमस्ते एयर नन्दोज रेस्टुरेन्टमा हुनेछ। प्रतियोगितामा भाग लिन चाहने सहभागीले कम्पनीको वेभसाइट https://www.nepalsmodel.com मा गइ त्यहाँ राखिएको फारम डाउनलोड गरी  भर्न सक्नेछन ।

उल्लेखित उमेर हदको साथमा पुरुष सहभागीको हकमा ५.४ फिट र महिला सहभागीको हकमा ५ फिट उचाइ हुनुपर्ने शर्त बाहेक अन्य कुनै छेकबार नभएको कम्पनीकासिइयो जनार्दन लामिछाने ले जानकारी दिए। बढीमा ७० देखी ८० जना सम्मलाई अडिसनमा छनोट गरिने बताउदै अध्यक्ष जिपी तिमिल्सिनाले हालसम्म पोखरा बाट ४५ जनाले अनलाइन फारम भरेको र केहिले काठमाण्डौ, भक्तपुर, बुटवल र चितवन बाट पनि फारम भरेको बताए ।

models battle pokhara

अडिसनको आकर्षणको रुपमा  नायिका करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्की, सन्दिप क्षेत्री , नेत्र गुरुङ, रोजिन शाक्य, श्याम कंडेल, डा आयुष्मान र ऋषि धमला लगाएतको उपस्थिति रहने आयोजकले बताएको छ ।

पोखरामा धेरै इभेन्टहरु हुने गरेको भन्दै  एउटा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इभेन्ट पोखरामा गरौ भन्ने हेतुले सुन्दर नगरी पोखरलाइनै आफुहरुले रोजेको सिइयो लामिछानेले दाबी गरे। ‘हामीले बिजेताहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनेछौ र बिदेशका कार्यक्रममा समेत सहभागी हुने अवसर दिलाउनेछौ’,लामिछानेले भने । साढे एक महिना सम्म पोखरामा सञ्चालन हुने उक्त इभेन्ट बाट  फाइनलको लागी  २० / २०  जना युवायुवतीलाई छनौट गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहनेले  एक हजार रुपैया प्रवेश शुल्क तिर्नुपर्ने र  अडिसनबाट  छनोट हुनेले राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तित्वहरु मार्फत दिइने भनिएको तालिम शुल्क बापत दश हजार रुपैया  बुझाउनुपर्ने आयोजकले बताएको छ  । दशैं र तिहारको बिचमा प्रतियोगिताको फाइनल हुने  बताउदै प्रतियोगिता बाट १ /१  जना मोडल किङ्ग र मोडल क्विन छनोट गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । बिजेताहरुलाई आकर्षक ताजको साथमा उचित पुरष्कारको ब्यबस्था गरिने आयोजकले दाबी गरेको छ ।

कम्पनीका  प्राबिधिक तथा प्रबर्द्धनात्मक निर्देशक सागर ढकाल र ब्यबस्थापक जय गिरीले प्रतियोगिताका बिबिध पक्षका बारेमा चर्चा गरेका  थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button