मोटूपत्लुको चिङ्गमको चंगुलमा टिभी हमला (हेर्नुहोस भिडियो)

पोखरान्युजडटकम –

क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ ।

नेता र अभिनेताको क्यारिकेचर गर्दै आएका उनीहरुले बालबालिकामाझ लोकप्रीय बनेको मोटु पत्लु कार्टुनको चिङ्गम पात्र र ऋषि धमलाको क्यारिकेचर गरेका छन् । उनीहरुले गरेको कमेडीमा प्रहरीले चलाएको प्रहरी मेरो साथी अभियान र मुस्कानसहितको सेवालगायतका विषयमा ठट्यौली गरिएको छ । स्ट्याण्ड अप कमेडी र स्टेज कार्यक्रम गर्दै आएका उनीहरुले विदेशी पात्रको पहिलो पटक क्यारिकेचर गरेका हुन् । रेडियो अडियोमा चिङ्गमको क्यारीकेचर रुचाईएपछि उनीहरुले कमेडी भिडियो बनाएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button