अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

काठमाडौं, २९ भदौ –

स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।

‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेकाबेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो….’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ ।

माग्ने बुढा बानेश्वरमा त्यही गीतको सुटिङमा भेटिए । ‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ गज्जबको अनलाइनसँग उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’

माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश-विदेशमा लोकप्रियता कमाइरहेको छ ।

विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button