इपिएसको लागि अब लाइन लाग्नु नपर्ने, अनलाइन बाट आवेदन

पोखरा –

इपिएस छनौट प्रक्रिया अब देखि क्षमताको आधारमा

दक्षिण कोरियामा जाने कामदारको छनौट प्रक्रिया अव कामदारको कार्य क्षमताका आधार (स्किल टेष्ट)मा गरिने भएको छ । भाषा प्रणाली अन्र्तगत कोरीया गइरहेका कामदारलाई अव भाषा संगै स्किल टेष्टलाई प्राथमिकता दिने इपिएस नेपालका कोरीयाली प्रमुख किम कि अुकले जानकारी दिए ।

किम ले सो बारे जानकारी दिैदै भने ‘अव भाषालाई भन्दा क्षमता भएकालाई अवसर दिइने छ ।’ सन २०१८ बाट हालको भाषा परिक्षा पुर्ण रुपमा रद्ध गरिने र कम्पुयुटरमा आधारित परिक्षा प्रणाली(सिबिटी) लागु हुने किमले जानकारी दिए । वर्तमान अवस्थामा रहेको झण्झटिलो परिक्षा प्रणालीले कामदारले दुःख पाएको अवगत गराउँदै सिबिटी लागु भए पछि परिक्षार्थीले आफ्नो समयनुकुल परिक्षा दिन सकिने उनको भनाई थियो । यसका लागि काठमाडौमा ६ वटा ठूला हलहरु निर्माण प्रक्रियामा रहेको उनले वताए । सन २०१९ बाट सवै कामदारको आवेदन अनलाइन बाट लिइने उनले जानकारी दिए ।

१० वर्षको दोरानमा हाल सम्म ३८ हजार कामदार कोरीया पुगिसकेको जानकारी दिैदै उनले यस वर्ष २०१६ मा मात्रै ६ हजार कामदार त्यहाँ पुगेको वताए । कोरीयामा नेपाली कामदारको कार्य क्षमता र भाषामा स्पष्ट भएकाले रोजगार दाताहरुको छनौटमा पर्न सफल भएको किमले वताए । कोरीयामा रोजगारीको चाहना राख्ने आवेदकलाई भाषालाई भन्दा वढी कामको अनुभव र लगनशिलतालाई रोजगारीको अवसर वढाइने भए पछि सिविटी प्रणालीले निकै सजिलो हुने किमको भनाई थियो ।

यो वर्ष परिक्षा दिइ पश्चिमाञ्चल क्षेत्र बाट उत्र्तिण ५१७ जनाको इपिएस स्किल टेष्ट असोज १२ गते पोखराको लिटिल स्टेपमा सञ्चालन गरिने जानकारी गराउँदै सो को नतिजा कात्र्तिक ४ गते प्रकाशित गरिने इपिएस प्रवन्धक राम चन्द्र गिरलिे जानकारी दिए । भाषा संगै स्किल टेष्टमा उत्र्तिण हुने मध्ये सवै भन्दा वढी अंक ल्याउनेलाई पहिलो प्राथमिकतामा राखि अवसर दिइने गिरिले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button