धुर्मुसले माफी माग्दै भने, लक्ष्य अनुसार काम पुरा गर्न सकेनौँ (हेर्नुहोस् भिडियो)

सिन्धुपाल्चोक –

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् ।

बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् । निरन्तरको झरीले काममा निकै बाधा पुरयाएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दशैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button