पोखरामा भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षामा कुनै कसर बाकी राख्दैनौं – क्षेत्रिय प्रशासक

पोखरा –

भारतीय राष्ट्रपति प्रणब मुखर्जी यही कात्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमणको क्रममा कात्तिक १९ गते पोखरा आउने भए पछि यहाँको सुरक्षा व्यबस्था कडा पारिने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले भारतीय राष्ट्रपति प्रणब मुखर्जी पोखरा करीब ३ घण्टाको लागि आउने भए पनि सुरक्षाको व्यबस्थालाई व्यबस्थित पारिएको बताए । राष्ट्रपति प्रवण मुखर्जीको स्वागतका लागि पोखरामा गठिन उपसमितिका मुल समन्वय समितिका संयोजकत्व समेत रहेका बरालले भने “पोखराको सुरक्षाको लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं, सवै सुरक्षा निकायका अंगहरुसंग समन्वय गरी सुरक्षाको राम्रो व्याबस्था गरेका छौं । ”

भारतीय राष्ट्रपति प्रणब मुखर्जी करीब ३ घन्टा पोखरामा रहने कार्यक्रम तय भएको बरालले बताए मुखर्जीले रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा करीब एक घण्टा सम्बोधन गर्नेछन् । हवाई मार्ग हुदै पोखरा विमानस्थलमा ओर्लीयसंगै सिधै पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा लन्च सहित एक घण्टा आराम गरे पछि करीब दिउसो २ बजे पछि क्याम्प जाने कार्यक्रम तय भएको बताईन्छ । पोखराका धेरैजसो ठाउँका सडकहरु जीर्ण भएकाले तत्काल मर्मत सम्भार गर्न क्षेत्रीय प्रशासक बरालले सडक डिभिजन र पोखरा उपमहानगरपालिकालाई निर्देशन दिएका थिए भने केहि ठाँउमा खाल्टा खुल्टी टाल्ने काम भएको छ ।

भारतीय राष्ट्रपति प्रणब मुखर्जीकोध स्वागतको लागि पोखराका विभिन्न ठाँउमा कम्तिमा ७ वटा गेटहरु राखिएको बरालले बताए । अन्य कुनै निजी संघ संस्थाहरुले चाहेको अबस्थामा आफुहरुसंग समन्वय गरी राख्न सकिने उनले बताए । ५ महिना अघि पोखरामा सम्पन्न सार्कस्तरीय परराष्ट्र मन्त्रीहरुको बैठकका क्रममा गरिएको तयारी अनुकरणीय भएकाले सोही अनुसार काम गर्नु पर्ने पोखरेलीको माग छ । भारतीय प्रमुख नेपाल नआएको २० वर्षपछि मुखर्जी नेपाल आउन लागेका हुन् । यसअघि भारतीय राष्ट्रपति केआर नारायनन र प्रधानमन्त्री इन्दिरा गान्धी पोखरा आएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button