संगीतको कान्छो पुस्ता-सिडी बिजय

अनुज कुलुङ-
नेपाली सांगीतिक उद्योगको कुरा गरौ । थोरै आशालाग्दो, धेरैचाहि हासोलाग्दो । कलाकारहरु एकसेएक आउन छाडेका छैनन् । एल्बम बिक्रि नभए पनि बिना डर बिना चिन्ता कलाकारहरु एल्बम, अडियो, भिडियो दैनिक रुपमा सयौ निकालिरहेकै देखिन्छ । चाहे रहरले होस् या करले नै किन नहोस् । गीत त निक्लेकै छ ।

सिडी बिजय अधिकारी । नेपाली संगीतमा कान्छो पुस्ताको रहरलाग्दो गायक जो चर्चामै छन् । तिमी टाढा भएपछि, पहिलो माया, मन माग्यौ मन दिए, फुलको छाया जस्ता ६ दर्जनभन्दा बढि गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । सिडीको साँगीतिक उत्तरचढापहरु थुप्रै थिए । कति अझै बाँकी छ । संगीतमा आफ्नो नाम जमाउनको लागि यिनले आफ्नो भौतिक जिबनमा कुनै कसुर बाँकी नराखी यि जवान शहरमा संघर्ष गरिरहेकै छन् । दैनिक रेकर्डिङ ब्यस्ततामा, गीतलाई संगीत दिनुमा, भिडियो सुटिङमै ब्यस्त यि गायक अचेल काचमा पर्दामा पनि देख्न पाईन्छ । कला र गला भएका यि जवानले लामो समय दोहोरी साँझमा काम गरे । गाउन भनेरै दुबईसम्म हान्निए एकताका । फेरी फर्किआए आफ्नै देशमा रहेको सपनाको राजधानी काठमाँण्डुमा । आजकल उनि पेलिदै छन्, संगीतको निखारतामा । नयाँ गीतको जातोभित्र पिसिदै छन् ।

cd-bijayaमच्किने गीतहरुको होहल्लामा केहि समय यता सिडीले नेपाली संगीतमा कालान्तरसम्म बाचिरहने एउटा गजल रेकर्ड गराई गीतको भिडियो निर्माण गरेर पनि काठमाण्डुमा अग्रज संगीतकार राजु सिं को हातबाट सार्वजनिक गरे । त्यो पनि युट्यूबबाट । प्रकाश घिमिरेको शब्दमा रहेको उक्त गजल उमेश सुब्बाले बडो मेहनतसाथ संगीत भरेका हुन् । पत्ति नमिलेको तास ..बोलको यो गजल चल्तिको गीतहरुभन्दा धेरै फरक र स्वर्णीम गीतहरुसँग तुलनायोग्य छ । यो गजलमा गायिका मनिषा राईले पनि सिडीलाई साथ दिएकी छिन् । त्यसो त सिडीलाई मनिषाले असल जिबनसाथीको रुपमा साथ दिइरहेकी छिन् । जो आफै पनि उत्तिकै संगीतलाई न्याय गरेर गाउन सक्ने सम्भावना भएकी गायिका हुन् । गजलको सार्बजजिकपछि मैले सिडीलाई फेसबुकबाट यो गजल र उनको पछिल्लो साँगीतिक संघर्षका कुराहरु बुझ्नलाई केहि प्रश्नहरु सोधेका थिए ।

१. पत्ति नमिलेको तास भर्खरै रिलिज गर्नुभो नि कस्तो महशुष गर्नुभएको छ ?
– यो गीत बढि नै उत्साहका साथ रिलिज गरियो । साह्रै खुशी लागेको छ । एक बर्ष यतादेखिको योजना थियो आज सफल भएको छ । गीतकार प्रकाश घिमिरेको दाजु जो महानायक राजेश हमाललाई गीतको भिडियोमा खेलाउने विशेष सपना समेत पुरा भयो । यो गीतबाट मलाई धेरै नै सन्तुष्टि मिलेको छ ।
२. यो खास तपाईको आफ्नै एल्बम हो कि कसरी मिल्यो त यो प्रोजेक्ट ?
-मेरो आँफ्नै एल्बम त हैन। तर प्रकाश घिमिरे दाईको एउटा एकल गीतको रुपमा मेरो अवाजमा उहाँले रेकर्ड गर्न चाहनुभएको पहिलो गीत हो। राकेश काफ्ले दाजुको सोलो शब्दमा मेरो आवाज रहेको एल्बम तुलसी, मञ्जरी, प्रीती भाग –२, उहाँको हातमा परेपछी सबै गीत सुनेर अत्यन्तै मन पराउनुभएछ र मेरो आवाजमा गजल अत्यन्तै सुट खाने रहेछ भनेर उहाँले पत्ती नमिलेको तासलाई एउटा बिग प्रोजेक्टको रुपमा गतिलो उद्धेश्य बनाएरनै अगाडि बढाउनु भएको हो ।

३. पत्ति नमिलेको तास सुन्ने श्रोताहरु त एकदम फिल्टर भएर आउने भएनि त हैन ?
-हाहा त्यसो होला र ? फिल्टर भएर आउनुहुन्छ या आउनुहुन्न समयले बताउनेछ । मुख्य कुरा गीत सबैको मनमा बसोस् यो चाहना हो ।

४. अहिले चटपटे गीतको माहौल चलिरहेको बेला तपाईले पत्ति नमिले तास जस्तो गीत बजारमा ल्याउनुभयो ? यो त ठुलो रिस्क मोल्नुभएन र ?
-हैन चटपटे गीतको जस्तै गजलको पनि त छुट्टै माहोल छ् नी राम्रो गजल बजारमा ल्याउने र बजार ब्यबस्थापन राम्रो गर्न सकियो भने सबै खाले गीत चल्छन् । तर सबै चटपटे गीत चल्ने रैछ भनेर केही समयको क्षणिक हल्लाको पछाडी दौडिने गलत काम भैराछ । आखिर जिवन्त हुने गीत भनेको यस्तै हुन्। फास्ट ट्र्याक गीतहरु छिटो चल्छन् छिटो जल्छ्न्। यस्ता गीत मन्द चल्छ्न् तर कालान्तरसम्म बलिरहन्छ्न् ।

५ संगीतको लागि तपाईले कुनै कसुर बाँकी राख्नुभएको छैन आफ्नो जिबनमा ? के कति सफलता पाए जस्तो लाग्छ ?
-सफलता पाउनु भन्दा नी आत्मै देखिको सन्तुष्टि ठूलो कुरा लाग्छ मलाई । कुनै बिधामा सफलता प्राप्त गरेर सन्तुष्टि भएन भने काम छैन। अहिले मैले केहि सफलताको खुड्किला पार गर्दैछु। भविष्यमा यो अझ माथी पुग्ने आशा छ । हेरौँ के हुन्छ ।
६ . सिडी बिजयलाई रियालिटी शो बाटै सांगीतिक क्षेत्रको यो अवस्थासम्म ल्याइदिएको हो भन्नुमा कतिको न्याय हुन्छ ?
– रिलायिटी शो धेरैमा प्रतिस्पर्धा गरियो। जे होस् यस्ता शो हरुले मलाई आँफु अझ सबैमाझ चिनिन धेरै सहयोग गरे । तर सानै देखि धेरै ब्यक्ती संघ–संस्थाहरुको सहयोग, माया, प्रेरणा र हौशला मलाई प्राप्त नभएको भए अहिले सिडि बिजय अर्कै कुनै क्षेत्रमा हुन्थ्यो होला । तर, धेरै प्रतिशत सहयोग रियालिटी शो ले गरेको मैले भुल्नुहुदैन ।
७. लामो समय दोहोरी साँझमा काम गर्नुभयो । जसको निमित्त तपाई दुबईमा पनि केहि समय गाउने काम गर्नुभयो । पछिल्लो समय तपाईले यि कामहरु छोडेर काठमाँण्डुमै संगीत गर्न, गीत रेकर्ड गर्न मात्र काम गर्नुभएको छ । प्रतिष्प्रधाको उचाई बढि छ शहरमा सहज छ त ?
-हो सहि भन्नुभयो पहिले केही आर्थिक आर्जन र गीतहरु सिक्नको लागि दोहोरी साँझमा काम गर्न थालेँ । अनि लगत्तै दुबईमा पनि त्यही काम गरियो। त्यस्पछी केही आर्थिक रुपमा सबल भएपछी अनि बिशेष राकेश काफ्ले दाजुको सहयोग र सल्लाहमा एउटा कम्पनी सिडिएम म्युजिक भनेर दर्ता गरिकन अगाडि बढ्ने निर्णय गरियो। इमानदार अनि स्तरिय कार्य गर्न थालेपछि बिस्तारै यो प्रतिस्पर्धामा पनि टिक्न हाल्सम्म त त्यति कठिन भएको छैन ।
८. भनेपछि म्युजिक कम्पनी नै दर्ता गरेर काम गरिराख्नु भएको छ ? राकेश काफ्लेसँग त तपाईले एल्बममा पनि काम गर्नुभयो हैन ?
-हो । सिडिएम म्युजिक क्रीयशन नामक कम्पनी मेरो नै हो । राकेश काफ्ले यस कम्पनिका प्रोपराईटर पनि हुनुहुन्छ । उहाँको सबैजसो एल्बम सिडिएम बाटै हुन्छ्न् । र राम्रो भरपर्दो अनि स्तरिय काम गर्नको लागि हामी सधै तल्लीन भैइरहेका छौ ।

anuj-kulung
अनुज कुलुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button