पोखरामा जारी वास्केटवल प्रतियोगितामा १० खेल सम्पन्न

पोखरा-

पोखरामा जारी १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ अन्र्तगत सुक्रबार लिग चरणका १० वटा खेलहरु सम्पन्न भएका छन । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सुक्रबार भएको छात्रा तर्फको पहिलो खेलमा वाल कल्याण उच्च माविले रेन्वो एकेडेमी माथि ७–६ को स्कोरले पराजित गर्यो । छात्र तर्फको पहिलो खेलमा वाल कल्याणले रेन्वो माथि ५ को बिरुद्ध ३६ स्कोर गर्दै दोहोरो जित दर्ता गरेको हो । छात्र तर्फ सरस्वती बिद्या आश्रमले लिटिल स्टेप उच्च माविलाई २१ का बिरुद्ध २६ स्कोरको अन्तरले पराजित गरेको हो ।

छात्रा तर्फको खेलमा लिटिल स्टेपले कुमुदीनिहोम्स उच्च माविलाई ६ को बिरुद्ध ९ स्कोरले पराजित गर्यो । छात्रतफ कुमुदीनिहोम्स उच्च माविले न्यु ईरा एकेडेमीलाई २८ का बिरुद्ध ४१ स्कोरले पराजित गर्यो । अर्को खेलमा डिफेण्डीङ च्याम्पीयन माउन्ट अन्नपुर्णले कास्की मोडनाईजलाइ २२ को बिरुद्ध २३ स्कोरको झिनो अन्तरले पराजित गर्यो । ग्लोवल कलिजियटले सोसल पव्लिक स्कुललाई १४ को बिरुद्ध १९ स्कोरले पराजित गर्यो । छात्रा तर्फ कास्की मोडनाइजले एसओएस हर्मन माईनर स्कुललाई लज्जास्पद रुपमा पराजित गरेको छ । कास्की मोडनाईजले ९ स्कोर ल्याउदा एसओएसले कुनै स्कोर वटुल्न सकेन ।अर्को खेलमा लिटिल स्टेपे माउन्ट अन्न्पुर्णलाई ८ को बिरुद्ध १० स्कोरले पराजित गरेको हो । भोलि शनिबार विहानै देखि खेल हुने भएको छ भने शनिबार १० खेल हुने भएको संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button