सुन, चाँदीका गरगहनाको निर्यात निती प्रष्ट नहुदा भारतले अरवौको फाईदा उठाउदै आएको छ

hari-dhamala-gorkha-barahaहरी धमला
अध्यक्ष
गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.

शुक्रवार पोखराको न्युरोडमा निकै तामझामका साथमा गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि, को नयाँ साखाको शुभारम्भ भएको छ । पहिलेको बिजनेस डेभलपमेन्ट बैंक रहेकै भबन खरिद गरि उक्त प्रा.लि.ले आफ्नो नुन देखि सुनसम्मको अभियानलाइ सार्थकता दिन भन्दै शाखा शुभारम्भ गरेको हो । प्रमुख अतिथि नेपाल सुनचादी ब्यबसायी महासंघका अध्यक्ष मोहन विश्वकर्मा ले उक्त शाखाको उदघाटन गरेको कार्यक्रमकै मुख्य आकर्षणको केन्द्र थिईन नायिका करिश्मा मानन्धर ।करिश्मा मानन्धर लाइ हेर्नकै लागी र उनीसंग फोटो खिचाउनको लागी कतिपयले घन्टौ प्रतिक्षा गरेका थिए। यसरी सबैको ध्यान आकर्षण हुने गरी आफ्नो शाखाको शुभारम्भ गर्ने ति जागरिला युवा व्यवसायी हुन हरी धमला।

पुर्वको झापा जिल्ला धाईज गाविसमा जन्मेका युवा व्यावसायी हरी धमला पोखरामा गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. का संचालन गर्दै आएका छन ।उनि उक्त प्रा.लि. का अध्यक्ष समेत हुन ।धरानबाट सुरु भएको बराह ज्वलरीले आफ्नो शाखा विस्तारको क्रममा काठमाण्डौं, नारायणगढ, युके, हङकङ हुदै पोखरासम्म छायको छ । नुन देखि सुनसम्मका सामानहरु एकै छानोमा आम उपभोक्ताहरुलाई उपलब्ध गराउने योजनामा लागि परेका छन हाल धमला ।

पुर्ख्यौली पेशा विगत २२ बर्ष अघि देखि सुरु गरेका धमलाले पोखरामा जेनतेन गरेर शाखा गठन गरेको एक महिना वित्न नपाउदै २०६७ मा करीब दुई करोड मुल्य बराबरको सुन, चाँदी तथा हिरा सहितका गरगहना चोरी भएपछि टाट पल्टेर निराश हुदै घर फर्किने मुडमा भएका धमलालाई पोखराका भूपू गोर्खालीहरुले साथ र सहयोगको बचन दिएपछी पोखरामै स्थापित भएका हुन । प्रा.लि.का अध्यक्ष, रेडियो गोर्खालीका सल्लाहकार, सुन चाँदी व्यावसाय समिति कास्कीका सदस्य लगायतका विभिन्न संघ संस्थाहरुमा आवद्ध भएका धमला हुने विरुवाको चिल्लो पात भने झै बिद्यार्थी जिवनमै व्यापार गर्न सुरु गरेका थिए । धमलाको स्टिकर कार्ड वेच्ने देखि केरा बेच्दै अघि बढेको बिद्यार्थी जिवनमा आफ्ना सानुबाबा स्वर्गीय ईन्द्रको पसलमा भूई र सिसा पुच्छे काम गर्न थाले ।

hari-dhamala-pp

सानै उमेर देखि जुन क्षेत्रमा हात हाल्यो सफलता हासिल गरे पछि डाक्टर वन्ने ईच्छा हुदा हुदै व्यापार लागेसंगै पैसा खेलाउन थाले पछि उनी व्यापारमै रमाउन थाले । राम्रो काम गरेको देखेर प्रमोसन हुदै बराह सपिङ कम्प्लेक्समा एकाउन्टेन, सेल्स हुदै काठमाण्डौंको शाखा विस्तारसंगै सेल्स म्यानेजर पदमा रहेका उनको शरल र मिठो वोली वचनको कारणले आम उपभोक्ताहरु धमलालाई नै बढी मन पराउने गर्दथे । छोटो समय करीब २ बर्षमै काठमाण्डौंमा उत्कृष्ट १० मध्यमा पर्न सफल भएसंगै ३ बर्षमा काठमाण्डौंको न्यूरोडमा आफ्नै भवन सहित ज्वेलरी कम्प्लेक्स व्यावसाय सुरु भयो । जति वेला उनी व्यावस्थापनको वोर्ड सदस्यमा समेत आएका थिए । काठमाण्डौंमा भाईहरुले सम्हाल्न सक्ने भए पछि उनी पोखरा शाखा विस्तार गर्न हानिएका हुन । सुन चोरी भए पछि स्थानीय गोर्खा समुदायका व्यक्तिहरुसंगको समन्वयमा आफ्नो व्यवसायको नाम परिवर्तन गरी २०६८ गोर्खा बराह ज्वेलरीबाट संचालन गरेका उनै मेहनती र परिश्रमी युवा उद्यमी धमलासंग पोखरान्युजडटकमले  गरेको कुराकानीको छोटो अंश ।

नेपालमा हिजो आज सुन, चाँदी तथा हिराको व्यावसायिक अवस्था कस्तो छ ?
नेपालमा हाल सुन, चाँदी तथा हिराको व्यावसाय अझै व्यावसायीक हुन सकेको छैन । देशका मुख्य ठाँउ देखि घर गाँउसम्म जेन तेन पुर्खोली पेशाको रुपमा धान्दै आएको पाईन्छ । पछिल्लो क्रममा केहि व्यावस्थित हुन जोखेको छ, यसलाई अब हामीले समयमै व्यबस्थित पार्नु पर्दछ । यो व्यावसाय एक मौसमी र फेसनको व्यावसायभ ए पनि हरेक बर्ष सुनको मुल्य केहि न केहि बढ्ने भएकोले पनि यो व्यावसाय ठिकै छ ।
नेपालमा माग भए अनुसारको सुन सरकारले उपलब्ध गराउन सकेन भनेर व्यवसायीहरुले जहिले पनि गुनासो गर्ने तर ग्र्राहकहरुलाई भने आवश्यक पर्ने सुन दिने तर त्यो सुन कहाँबाट आउछ ?

हरेक पेशा व्यावसायमा सवै व्यावसायीहरु ठिक हुदैनन । केहि नराम्रा व्यावसायीहरुको कारणले गर्दा राम्रो काम गर्ने व्यावसायीहरुलाई एकै ठाँउमा राख्न मिल्दैन । सुन, चाँदी तथा हिराको व्यावसाय भनेको मौसमी व्यावसाय भएकोले पनि सरकारले दिएको निश्चित सुनलाई हामीले बेसिजनमा राखेको स्टक सुनले मौसममा धान्ने गरेको छ । अन्य व्यावसाय भन्दा यो व्यावसाय फरक भएकोले गर्दा सुनको कारोवार गर्दा व्यावसायीहरुले ध्यान दिनु पर्दछ कहिले काहि चोरीका सुन हाम्रा पसलहरुसम्म आउछ तर त्यसको राम्रो संग नबुझि कन लिदा कहिले काहि चोरीको सुन हुन सक्छ । चोरीको सुन भएको पक्ता लागेमा सुन विक्रि गर्ने र किन्ने पसलेलाई समेत कारवाही हुन्छ ।

तपाई एउटा युवा सुन तथा चाँदी व्यवसायमा नै किन लाग्नुभयो ?
पहिलो कुरा त मैले पुर्खोली पेशा अंगालेको हुँ । म यो पेशामा लाग्दा धेरै दुखः पिडा पाए पनि भविष्य देखेरनै निरन्तर यहि पेशामादुई दशक भन्दा बढी समय खर्चीएको छु । विश्व बजारमा सुनको मुल्य रहेको देखेर, सुन भएमा आफै लगाउन पनि पाईने पछि आवश्यक परे विक्रि गरौं भन्दा पनि सहज विक्रि हुने,यो पेशामा नोक्सान कम हुने देखेर लागेको हुँ ।

धरान देखि नेपालको स्थापना भएको गोर्खा बराह ज्वेलरी हाल हङकङ, युके हुदै अघि बढ्ने क्रममा अब कुनै देशमा पनि शाखा विस्तार गर्ने योजना छ कि ?
हो, छ हाम्रो योजना भनेको विश्व बजारमा नेपालीहरु पुगेकोले हरेक देशमा हाम्रो शाखा विस्तार गर्ने योजना त छ तर नेपालको सुन निर्यात गर्ने निति स्पष्ट नहुदा चाहेर पनि हामी जान सक्दैनौं । यदी हामीसंग दक्ष जनशत्ति हुने हो र सरकारले सुन तथा चाँदीका गरगहना विदेश सहज रुपमा लैजाने निती ल्याउने हो भने हामी अमेरीका, सिंगापुर, अष्ट्रेलीया सहित युरोपियन मुलुकमा शाखा स्थापना गर्न तयार छौं । पटक पटक हामीलाई शाखा विस्तार गर्न माग आई रहेको छ ।

स्वदेश र विदेशमा शाखाहरु हुदा सुन चाँदीको कारोवारमा के कस्तो भिन्नता आउछ ? यस पेशा प्रति तपाइ सन्तुष्टी हुनुहुन्छ ?
विदेशमा यस व्यावसायलाई व्यवस्थित गरीएको हुन्छ । यस व्यावसायमा आवद्ध मजदुरहरुको समेत राम्रो व्याबस्था हुन्छ भने कामदारलाई राम्रो तलव भक्ताको व्याबस्था हुन्छ । भई परी आउने जोखिमलाई न्युनिकरण गर्न विमा जस्ता कुरामा व्यावसाय र मजदुरहरुको समयमै सजग हुने गरेको पाईन्छ । राज्यले पनि यस व्यावसायबाटनियमति आम्दानी गरेकोले राज्यले यस व्यावसायलाई व्यवस्थित पारेको हुन्छ तर हाम्रो देशमा कर उठाउन मात्र जानेको छ। हाम्रो सरकारले यस व्यवसायलाई कसरी व्यवस्थित पार्ने भन्ने विषयमा सोच्न भ्याएको छैन । हाम्रा कति व्यावसायहरु अझै पनि करको दायरा भन्दा बाहिर छ तर केहि व्यावसायहरुले आफ्नो कर्तव्य पालना गरी नियमति ढंगले आफ्नो पारदर्शीता देखाउदै आएका पनि छन । विदेशमा हामीले काम गर्दा नेपालीहरुले नेपाली डिजाईनका गरगहनाहरु हाम्रा शाखा सम्म आएर माग गर्नु हुन्छ यसवाटनै हामीले विदेशमा पनि ठुलो उपलब्धी हासिल गरेका छौं जस्तो लाग्छ ।

प्रा.लि.ले सुन चाँदी तथा हिराका गरगहनाको कारोवार गर्ने  तर पछिल्लो क्रममा नुन देखि सुनसम्म भन्ने नारा छ नी त्यो नाराले आम उपभोक्तालाई के फाईदा पुग्छ ?
हाम्रो इच्छा कुनै व्यक्तिलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरु किन्न पसल पसल चार्न नपरोस भन्ने हो। २०६० साल देखि हामीले धरानबाट सुरु गरेको नुन देखि सुन सम्मको अभियान पोखरामा हामीले नयाँ शाखा स्थापना संगै सुरु गर्ने तरखरमा छौं । आम उपभोक्ताहरुलाई एकै छाना मुनि सेवा दिने व्यावसायबाट भएको मुनाफाको केहि रकम आम उपभोक्ताहरुकै हातबाट आवश्यक पर्ने सामाजिक क्षेत्रमा खर्च गर्ने पनि हाम्रो अर्को उद्धेश्य रहेको छ । हामीले आज मंसिर ३ (शुक्रबार) मात्र विजनेश डेभलपमेन्ट बैंकको भवन न्युरोड पोखरामा शाखा उद्घाटन गर्यौ भने , भने सनिवार पोखराको होटल वाराहीमा गहना प्रदर्शनी हुदैछ । शुक्रबारउद्घघाटनको अवसरमा गरगहना किन्ने ग्राहक महानुभाव मध्ये एक जना लाई वम्पर उपहार सुनको सिक्का दिदैछौं। शाखा उद्घाटन तथा गहना प्रदर्शनीको अवसरमा सुन, चाँदी तथा हिराका गरगहनामा बिषेश छुटको ब्यबस्था समेत गरेका छौ ।

तपाइले ब्यबसाय सुरु गरेको केहि बर्षमै पोखरामा ठुलो मात्रमा सुन चोरी भएको थियो । त्यसबाट तपाईको व्यावसायमा कस्तो प्रभाव पर्यो ?
राज्यबाट हामीलाई सुरक्षा पाईन्छ भन्ने भ्रम रैछ । हामी आफ्नो व्यावसाय गछौं भने आफ्नो व्यावसायको सुरक्षा हामी आफैले गर्नू पर्दछ । पोखरामा नयाँ उत्साहका साथ काठमाण्डौंबाट पोखरामा शाखा खोलेको एक महिना वित्न नपाउदै करीब दुई करोड मुल्य बराबरको सुन, चाँदी तथा हिरा सहित गरगहनाहरु चोरी भयो तर हाल सम्म पक्ता लागेको छैन । चोरी भएको केहि दिन जिवनमै सवै भन्दा बढी तनाव भयो तर आफ्नो मनलाई बलियो पारि आत्मवल बढाउदै यहीकै स्थानीयहरुसंग सहकार्यमा पुनः आफ्नो व्यावसायलाई संचालन गर्ने निर्णय गरे । गोर्खा समुदायका व्यक्तिहरुले मेरो पोखरामा व्यावसाय गर्ने योजनालाई साहाकार पार्नु भयो जसले गर्दा हामीले गोर्खा बराहको नामबाट व्यवसाय संचालन गरौं । कुनै ठाँउमा व्यावसाय संचालन गर्नु पर्दा स्थानीयहरुको सरसल्लाहमा गर्दा दिगो व्यावसाय हुने, व्यावसाय मजबुद हुने र साथ तथा सहयोग प्राप्त हुने गर्दछ । व्यापार गर्न लगानी मात्र आवशयक पर्दैन अनुभव, इच्छा शक्ति, र ज्ञान भएमा हामी व्यापार गर्न सक्छौं । मेरो पसल चोरी हुदा विमा पनि थिएन तर स्थानीयको प्रेरणाले गर्दा आज म यो स्थानमा आउदै ५ बर्ष मै आफ्नो भावन सहित शाखा स्थापना गर्दै छु ।

सुन चाँदी व्यावसायीहरुले छिट्टै आर्थिक समृद्धि गर्न सक्षम वनेका धेरै उदाहरण छन यस पेशाले कसरी आर्थिक समृद्धि गराउछ ?
सुन, चाँदी तथा हिरा भनेको विश्व मजारमा यसको माग भएको व्यावसाय हो । यो व्यावसाय गर्दा खासै नोक्सान भनेको हुदैन । सुन, चाँदी तथा हिराको गरगहनाहरु विक्रि नभए अर्को बर्ष झन झन मुल्य बढ्दै जान्छ । राम्रोसंग व्यवसाय गर्न सके यसबाट रोजगारीको लागि कुनै देश भौतारिनु पर्दैन । नेपालमा रहेका केहि व्यक्तिहरुलाइ रोजगार सिर्जना गर्न सकिन्छ ।

अझै पनि सुन चाँदी जस्तो जोखिमपुर्ण पेशा अपनाउने केहि व्यवसायीहरु करको दायरामा आएका छैनन त कोहि सुन चाँदी व्यवसायी समितिमा आवद्ध हुन चाहादैनन किन ?
अज्ञानताको कारणले गर्दा केहिले पुर्खोली पेशाको रुपमा पुरानै ढंगले काम गर्ने परिपाटीले गर्दा पनि यो समस्या भएको हो जस्तो लाग्छ । धेरै व्यावसायहरुले सरकारलाइ कर तिर्न तयार छन तर सरकारी प्रक्रिया र झन्झट गर्दा उनीहरु आफ्नै ठंगले व्यावसाय संचालन गर्ने गरेका हुन। पुर्खोली पेशालाई आधुनिकीकरण गरी यो व्यावसाय गर्न सके हामीले आम्दानी कैयौ गुना बृद्धि गर्न सक्छौ । सुन चाँदीको अझै पनि लेखा राख्ने तरीका केहि व्यावसायमा छैन । तालिम, शिक्षा र सुझाव समयमै हुन नसक्दा यस पेशा अझै पनि पुरानै ढंगले अघि बढेको छ ।

धेरै बर्ष यस पेशामा लागेको अनुभवले गर्दा कुन देशको र कस्तो सुनलाई असली सुन भन्ने र कस्तो सुनलाई हामीले नक्कली सुन हो भनि चिन्ने केहि आधारहरु भनिदीनु हुन्छ की ?
सुनका खानी धेरै छन । विश्वमा साउथ अफ्रिका, अमेरीका लगायतका देशहरुमा पाइने सुनको रंगमा फरक हुन सक्छ तर सुन आफैमा नक्कली हुदैन । सुद्धता गर्दा सुनमा फरक पन देखिन्छ । सवै देशमा पाईने सुन गुणस्तरकै हुन्छ । सुन नरम, मुलायम, यसको तन्कन सक्ने क्षमता हुन्छ, खियाले तथा कुनै पनि रसायनले पनि हानी नगर्ने जति घोटे पनि एकै रंग हुने सुनको मुख्य बिषेशता हो । सुनको असली रुप हामीले यी कुरालाई ख्याल गर्यौ भने सहज ढंगले थाहा पाउन सक्छौं ।

तपाई जस्तो समाजसेवि युवा उद्यमीले आफ्नो पेशासंगै सामाजिक उत्तरदायित्व वोधगर्ने कुरामा के कस्तो भुमिका निभाउदै आउनु भएको छ ?
हो, हामीले एका तर्फ पेशा व्यावसाय गछौं, अर्केा तर्फ हामीले समाजमा रहेका दुखि र असाय व्यक्तिहरुको लागि केहि न केहि गर्नु पर्छ । गोर्खा एण्ड बराह ज्वेलरीले हरेक सामान विक्रिको विलबाट ३० रुपैया छात्रबृत्तिको लागि कोषमा राखेका छौं । पहिलो बर्षबाटै एम्वुलेन्स सेवा संचालनमा ल्याएका छौं । आर्थिक अबस्था कमजोर भएका विपन्न बर्गका व्यक्तिहरुको लागि एम्बुलेन्स सेवा संचालन गरेका हौं । हरेक बर्ष देशमा विभिन्न प्रकोपहरु आई पर्ने भएकोले हामीले दैविक प्रकोपकोष समेत स्थापना गरेका छौं । हामीले आफ्नो व्यावसायको करीब १० प्रतिशत जसो सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छौं ।

यस क्षेत्रमा पुर्खोली पेशालाइ निरन्तरता दिने नेपालमा हाल करीब ८० प्रतिशत जसो भए पनि करीब २० प्रतिशत जसोले नयाँ व्यावसायीहरु आवद्ध रहेका छन । विश्व बजारमा सुनको माग बढ्दै गएकोले यसलाई विभिन्न डिजाईनमा गरगहनाहरु उत्पादन गरी विश्व बजारमा पुराउन सके नेपालले आर्थिक समृद्धि गर्न थप सहयोग पुर्याउने छ । राज्यले कर लिए पछि यस व्यावसायलाई व्यबस्थित पारी सवै व्यवसायलाई करको दायरामा आउने वातावरण सिर्जना गरी भई परी आउने जोखिमलाई न्युनिकरण गर्न विमा गराउनु पर्दछ। निर्यात निती स्पष्ट भए अर्वौ रकम स्वदेशमै आम्दानी गर्न सकिन्छ । रोजगारको लागि दैनिक हजारौं युवा विदेशीने यो अबस्थामा नेपालमै राम्रो तालिम तथा सिप सिक्न सकेर भारतीय कालिगढलाई विस्थापन गर्न सके मासिक एक अर्व भन्दा बढी रकम स्वदेशी दक्ष कामदारले प्राप्त गर्न सक्छन । राज्यले कहिले काहिँ अनुगमन गर्ने नाममा व्यवसायको होस नै खाने गरी अनुगमन  गर्दा अन्य राम्रो संग व्यावसाय गर्नेह? पनि तर्सन थालेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button