विजयपुरदेखि पृथ्वीचोक सम्मका संरचना हटाउन डोजर

पोखरा –
पोखरा उपमहानगर पालिकाले पृथ्वीराजमार्गको दाँयाँवायाँ मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामाग्री हटाउने अभियान राइट अफ क्लियरेन्स शुक्रवार सुरु भएको छ ।

यसअघि तीनपटक सम्म सुचना जारी गरे पनि काम अघि बढाउन नसकेको नगरपालिकाले शुक्रवार भने विजयपुरदेखि पृथ्वीचोकसम्मका संरचना डोजर लगायर हटाउन थालेको हो ।

यसअघि नगरपालिकाले कात्तिक १९ गतेभित्र त्यस्ता सामाग्री हटाउन सार्वजनिक सुचना जारी गरेको थियो । त्यसवेला व्यवस्तताको कारण देखाउदै उप महानगरपालिकाले कात्तिक २५ गतेसम्मका लागि भन्दै अर्को सुचना जारी गरेपनि हटाउने अभियान सुरु गरेन आजको समाधान राष्ट्रिय दैनिकमा खवर छ । त्यसपछि अन्तिमपटकका लागी भन्दै मंसिर २ गतेसम्मको समयसिमा तोकेको थियो । शुक्रवार चाउथे क्षेत्रका घरदटहरा,निर्माण समाग्री तथा होर्डिङ वोर्ड हटाइएको छ ।

पोखरा उपमहानगरपालिकाले विजयपुर पुलदेखि पृथ्वीचोकसम्म दायावाया मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामाग्री हटाउन डोजर चलाएको हो । पटक पटक सुचना जारी गरि हटाउन अनुरोध पनि अटेर गरेका हुनाले पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढ ङगानाले शुक्रवार डोजर चलाएरै हटाउन निर्देशन दिएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button