पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारका काम अघि बढ्दै

पोखरा-

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले आज बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलमा पूर्वाधारका काम भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेपछि लगत्तै वर्षायाम सुरु भएकोले विमानस्थलको काम रोकिएकोमा हाल नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्गको निर्माण सम्पन्न भई विमानस्थलको डिजाइन कार्य सञ्चालन भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विसं २०३३ मा तीन हजा १०६ रोपनी जमिन अधिग्रहण गरेकोमा नपुग करिब ५२१ रोपनी जग्गा र ३५ वटा घरटहरा अधिग्रहण गरिसकेको र यसका लागि दुई अर्ब चौतिस करोड ७० लाख पाँच हजार ४६७ मुआव्जा वितरण गरिसकेको छ । विमानस्थलको ठेक्का लिएको चीनको ठेकेदार कम्पनी सिएमसीइको प्राविधिक टोली यहाँ आइसकेको र निर्माण अवधिभर कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी भवन बनाउने काम भइरहेको आयोजनाका प्रमुख प्रदीप अधिकारीले बताउनुभयो । सन् २०२० को जुलाई सम्ममा विमानस्थलको निर्माण कार्य सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।

कार्यक्रमका सभापति व्यवस्थापिका संसद् विकास समितिका सभापति एवम् विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले विमानस्थलको काम अघि बढिरहेकाले यसमा आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले विमानस्थलबाट प्रत्यक्ष प्रभावित वडा नं १४, १८ र १५ मा निर्माण गरिने पूर्वाधारका काम कतिपय आयोजनाले र बाँकी नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विमानस्थलबाट प्रभावित स्थानीय बासिन्दा बोधराज कार्की, रोमबहादुर कार्की, गोकर्ण कार्की, भीमसेन थापा, बलराम कुँवरलगायतले कबुल गरेका पूर्वाधार विकासका काम तत्काल सुरु गर्न आग्रह गर्नुभयो ।

लोक साहित्य पुरस्कार गीतकार तीर्थ तामाङलाई यस वर्षको चेतबहादुर वरुवाल स्मृति लोक साहित्य पुरस्कार गीतकार तीर्थ तामाङलाई प्रदान गरेको छ । शुक्ला साहित्य समिति बाटुलेचौरबाट सञ्चालित तथा स्व . चेतबहादुर वरुवालका परिवारद्वारा स्थापित प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि रु १० हजार ५०० र सम्मानपत्र रहेको छ । स्व चेतबहादुर वरुवालका परिवारले रु एक लाखको अक्षयकोष राखी सो पुरस्कार सञ्चालन गरिएको हो । लोकसाहित्य तथा सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने श्रष्टालाई सो पुरस्कारबाट सम्मान गरिन्छ । सो अवसरमा समितिबाट प्रकाशित ‘सेतीको लहर’ नामक पुस्तकको कवि तेजनाथ घिमिरेले विमोचन गर्नुभएको थियो । समितिका अध्यक्ष इन्दु भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button