टप्स पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित प्रतिभा जन्माउन सफल- गुरुङ

पोखरा-

पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक शेरबहादुर गुरुङले  पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित प्रतिभाहरु जन्माउन टप्स इङ्लिस बोर्डिङ स्कुल सफल भएको बताए । सोमबार सम्पन्न पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलको  २४ औ  स्थापना दिवस कार्यक्रमका विशेष अतिथि गुरुङले टप्सका गतिविधि नेपालकै शैक्षिक इतिहासमा उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे  ।

आगामी वर्ष २५ औँ स्थापना दिवसका सन्दर्भमा वर्षभरि नै रजत जयन्ती विशेष कार्यक्रमहरु सञ्चालन गरिने संस्थापक÷प्राचार्य रत्नमान गुरुङले घोषणा गरे  । कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक÷प्राचार्य गुरुङले हाल विज्ञान र व्यवस्थापन सङ्कायमा उच्च शिक्षा प्रदान गरिरहेको विद्यालयले होटल व्यवस्थापनको पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको बताए । विद्यार्थी केन्द्रित शैक्षिक गतिविधिलाई टप्सले उच्च प्राथमिकतामा राखेको बताउँदै गुरुङले शैक्षिक गुणस्तरका लागि जुनसुकै त्याग गर्न आफू तयार रहेकोमा जोड दिए ।

अर्का विशेष अतिथि पत्रकार तथा शिक्षक अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले टप्स हरेक कुरामा टप रहेको भन्दै जनमानसमा राम्ररी भिजेको स्कुलका रुपमा आफूले टप्सलाई चिनेको बताए। सो अवसरमा शिक्षक÷शिक्षिकाहरुका तर्फबाट संस्थापक÷प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई विशेष सम्मान गरिएको थियो । ४ दिनसम्म पूर्व विद्यार्थी भेला, विभिन्न तहगत विद्यार्थीहरु र शिक्षक÷शिक्षिकाहरुबिच खेलकुद प्रतियोगिता, विविध कार्यक्रम पछि गरिएको समापन कार्यक्रममा पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई पूर्व शिक्षक तथा अभिभावक रुपिन्द्र प्रभावी, भेषराज पौडेल, इन्सपेक्टर धनकाजी गुरुङ, भोजेन्द्र गुरुङ, तारा गुरुङ, कर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

वि. सं. २०५० मङ्सिर २४ मा स्थापना भएको विद्यालयबाट हालसम्म ८ सय ६५ जनाले एस. एल. सीं उत्तीर्ण गरेका विद्यलयकी संस्थापिका भक्ति गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button