कास्कीमा पनि स्वास्थ्य विमा

बार्षिक २५ सयले ५० हजारको जोखिम वहन गर्ने

पोखरा- 

कास्कीमा अब स्वास्थ्य विमा लागु भएसंगै बार्षिक २ हजार ५ सय रुपैयाले ५० हजार रुपैयासम्मको जोखिम वहन गर्ने भएको छ ।

विभिन्न जिल्लामा स्वास्थ्य विमा लैजाने क्रममा कास्कीमा पनि लागु हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम नेपाल सरकारबाट संचालीत सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न भोलि मंगलबार देखि दर्ता लिन सुरु हुने भएको छ । स्वास्थ्य बिमालाइ विभिन्न जिल्लासम्म पुराउने उद्धेश्यले कास्कीमा पनि यस्तो कार्यक्रम संचालनको तयारी गरेको सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिति, टेकु काठमाण्डौंका कार्यकारी निर्देशक डा. गुडराज लोहनीले बताए । बिमा लागु भएका जिल्लामा समितिले सुचिकृत गरेको स्वास्थ्य सेवा केन्द्र वा अस्पतालबाट बिमाको कार्डको आधारमा बार्षिक रुपमा ५० हजारसम्म निशुल्क उपचार हुने भएको लोहनीले जनाए ।

उनका अनुसार एउटा ५ जनासम्मको परिवारले प्रति बर्ष २ हजार ५ सय रुपैया बार्षिक किस्ता तिरे पछि उनको ५ जनासम्म परिवारको अधिकतम ५० हजारसम्मको आर्थिक जोखिम वहन गर्ने भएको हो । परिवारको एक सदस्यबाटै ५० हजार खर्च नभए पनि वा धेरै सदस्यको गरेर पनि ५० हजारसम्मको जोखिम वहन गर्ने भएको हो। स्वास्थ्य बिमा दर्ता विभिन्न स्वास्थ्य संघ संस्थाको कम्पुटरमा राख्नु पर्ने भएकोले दर्ता गरेको केहि महिना पछि मात्र बिमा लागु हुने भएको उनले जनाए । कास्कीका ८ वटा सेवा केन्द्रका रुपमा रहेका छन । भेडावारी स्वास्थ्य केन्द्र, अर्मला भेडावारी स्वास्थ्य केन्द्र, थुम्कीकोट स्वास्थ्य केन्द्र, मातृृशिशु मितेरी अस्पताल, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, शिशुवा स्वास्थ्य केन्द्र,मणिपाल शिक्षण अस्पताल र हिमालय आँखा अस्पताल स्वास्थ्य विमामा कास्की क्षेत्रबाट सुचिकृत भएका स्थानहरु हुन । घर घरमा स्वास्थ्य बिमा कार्यक्रम लियर मंगलबार देखि स्वयमसेवकहरु जाने भएका हुन ।

पहिलो चरणमा कास्कीमा एक सय ७ जनाले दर्ता लिन कास्कीका घर घरमा जाने तयारी भएको उनले बताए । कैलाली, इलाम हुदै बागलुङ जिल्लासम्म आउदा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी हुन नसकेको लोहनी बताए । उनका अनुसार १३ लाख ५० हजार जनङख्या रहेको क्षेत्रमा २५ हजार जना मात्र बिमा स्वास्थ्य कार्यक्रममा सहभागि भएको जनाए ।

आगामी ३ बर्ष भित्र दशै भरी यस कार्यक्रमलाई पुर्याउने लक्ष्य राखेको लोहनीले जनाए । जन्मे देखिका व्यक्तिलाई र दिर्घ रोगिलाई समेत यस कार्यक्रममा सहभागि गराउन सकिन्छ । मादक वा लागु पदार्थ सेवनबाट हुने दुर्घटनाको, गर्भपतन सेवा, कृतिम अंगहरु, दाँत उपचार तोकिएको भन्दा बढी नहुने, अल्जामईर र पार्किन्सन रोग, कृत्रिम गर्भाधानका सेवाहरु, व्यक्तिगत झईझगडाबाट चोटपटक लागेको लागयका उपचार नगर्ने समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button